४ छोराले ४ दिनदेखि खोज्दै थिए आमालाई, चितुवाको गुफाबाहिर भेटियो खुट्टा

भरतपुर। ४ छोरा र १ छोरीले आमालाई ४ दिनदेखि खोज्दै थिए । ती आमाको जंगलको चितुवाले शिकार गरेको पाइएको छ । मंगलबार जंगलमा उनका हड्डीहरु भेटिएका छन् । मंगलबार भारतको राजस्थान राज्य अन्तर्गत जयपुरको भरतपुरमा रहेको जंगलमा भेटिएका हड्डीहरु ६५ वर्षकी रामप्यारी भएको बताइएको छ । गाउँलेका अनुसार रामप्यारीको प्यान्थर चितुवाले शिकार गरेको हो ।

मंगलबार बिहान जंगलमा शवका केही भाग भेटिएपछि प्रहरी र वन विभागका कर्मचारी बोलाइएको थियो । उनीहरुले दिनभर जंगलमा खोजी गर्दा पनि पहिचान प्रस्ट हुने खालको शवको कुनै भाग भेट्टाउन नसकेपछि तालिमप्राप्त शिकारी कुकुर ल्याइएको थियो । कुकुरले साँझपख एक गुफा नजिकै एउटा खुट्टा भेट्टायो । खुट्टामा भएको पाउजुबाट शवको पहिचान भएको हो । गुफाभित्र प्यान्थर चितुवा बस्ने गरेको गाउँलेले बताएका छन् । वन विभागले प्यान्थर समात्नका लागि पासो थापेको छ । गाउँलेलाई जंगलतिर नजान निर्देशन दिइएको छ ।

The post ४ छोराले ४ दिनदेखि खोज्दै थिए आमालाई, चितुवाको गुफाबाहिर भेटियो खुट्टा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.