एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य ! हेर्नुहोस

धनराज वास्तविक : काठमाडौं, १३ पुस । गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले एमाले–माओवादी गठबन्धनलाई वहुमत प्राप्त भएको छ । जनताले एमाले–माओवादीको बिचार र घोषणापत्रको आधारमा बहुमत दिएका होईन भन्दा अन्यथा हुँदैन ।

एमाले–माओवादीका कार्यकर्ताले चुनाव सकिएको एक हप्ताभित्र पार्टी एकिकरण हुन्छ भन्ने विश्वास गरेका थिए । करिब एक महिना पुग्नै लाग्दा पनि पार्टी एकताको बारेमा आधिकारिक तथ्य बाहिरएको छैन् । जुन कुराले गठबन्धनलाई भोट दिएका जनतामा निराशा छाएको सहज अनुमान गर्न सकिन्छ ।

बुधबार बालकोटमा अध्यक्षद्धयको भेटले तीनवटा निर्णय बाहिर ल्याएको छ । नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभाको गठन प्रक्रियालाई टुंगोमा पुर्याउने । नयाँ बन्ने सरकार र पार्टीको पद र जिम्मेवारी आलोपालोमा केन्द्रित भएको छ । पार्टी एकता पछि पनि किन आलोपालो भन्ने प्रश्न जता ततै उठ्न थालेको स्थिति छ । पाँच वर्षे स्थिर सरकार र पार्टी एकताको लागि भोट दिएका नेता कार्यकर्ता र जनताले एकताबाट पछि हट्न दिने अवस्था छैन् । यसैको आधारमा पनि नेताहरुको व्यवस्थापनमा पार्टी एकता फसेको देखिन्छ ।

नयाँ बन्ने सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुने पक्का छ । पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्भावना छ । एमालेको एउटा गुटले प्रचण्डलाई एकता पछिको पार्टी अध्यक्ष नस्वीकार्ने मनोविज्ञान बोकेका कारण पार्टी एकताको काम विलम्भ भएको छर्लङग छ ।

पार्टी अध्यक्ष पछिको शक्तिशाली पद महासचिव मानिन्छ । एमाले–माओवादीबीचको एकता पछिको महासचिव को बन्ला ? बन्ने चर्चा सामान्य रुपमा उठेपनि यस विषयले ठुलो स्थान पाउन सकेको छैन् ।

एक सुत्रका अनुसार पार्टी एकता पछिको महासचिव एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलमध्ये एकजना हुनेछन् । वरियता, पार्टीभित्र र बाहिर प्रभावशाली नेताको रुपमा कहलिएका रावलको सम्भावना बढेको देखिन्छ ।

किनकी एमालेभित्रको एउटा गुटको नेतृत्व गर्ने एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने र अर्को गुटका भीम रावल पार्टी महासचिव हुने गृहकार्यमा जुटेको बुझिएको छ । सरकारको नेतृत्वलाई भागवण्डाको आधारमा हेर्ने हो भने ओली प्रधानमन्त्री भए माओवादीले गृहमन्त्रालयको जिम्मेवारी पाउने छ । http://ift.tt/2llzMIZ बाट

The post एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य ! हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.