पुस, काभ्रे । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् । कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए । प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।
जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।
बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् । बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा अनलाइनखबरलाई यसरी सुनाइन्ः
मामाघरमा पहिलोपटक बलात्कार भयो !
हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।
एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।
दोस्रो पटक त गर्भ बसेछ !
मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।
भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।
सानुममीलाई गुहारेँ !
अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं ।
अनलाइन खबर बाट
The post बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.