चर्चित ‘न्यूरोसर्जन’ डा उपेन्द्र देवकोटालाई देखियो दुर्लभ क्यान्सर : बेलायतमा उपचार हुँदै, अवस्था गम्भिर

काठमाडौं । एसियाकै वरिष्ठ ‘न्यूरोसर्जन’ डा। उपेन्द्र देवकोटा दुर्लभ क्यान्सर जस्तो रोगको शिकार बनेका छन् । ‘न्युरो’ रोग सम्बन्धी उपचारमा अन्तर्राष्ट्रित रुपमै ख्याति कमाएका डा। देवकोटालाई दुर्लभ प्रकारको क्यान्सर रोग लागेको पत्ता लागे लगत्तै यतिबेला लण्डनस्थित एक अस्पतालमा उपचार गराइरहेका छन् । ३० हजार जनाको टाउकोको शल्यक्रिया गरिसकेका तथा १० लाख भन्दा बढी बिरामीको चेकजाँच गरिसकेका डा। उपेन्द्रको स्वास्थ्य अवस्था निकै नै गम्भिर रहेको बताइएको छ ।

मंसिर १० गते भएको निर्वाचनमा उनी गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न व्यस्त भएकै बेला अचानक बिरामी परेपछि तत्कालै काठमाडौँ फर्किएका थिए ।

उनको नेपालमा उपचार नभएपछि लण्डिन लगिएको बताइएको छ । डा। देवकोटा पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री भएका थिए । ६० वर्षको उमेरमा पनि काममा अहोरात्र खटिने उनले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका छन् । त्यसअघि नेपालकै पहिलो हस्पिटल वीर अस्पतालमा २५ वर्ष सेवा गरेका थिए ।

The post चर्चित ‘न्यूरोसर्जन’ डा उपेन्द्र देवकोटालाई देखियो दुर्लभ क्यान्सर : बेलायतमा उपचार हुँदै, अवस्था गम्भिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.