जल शाहलाई मृतशोक, उनलाई सम्हाल्ने गाह्रो ।

ममतामयी आमाको निधनले यतिबेला अभिनेत्री जल शाह मुर्छित छिन् । बुझिए अनुसार अमेरिकामा जललाई गाह्रो परिरहेको छ । ‘जल र मामु आमा छोरी भन्दा पनि साथी जस्ता थिए’, जलकी हितैषी गायिका निशा सुनार भन्छिन्, ‘जललाई कसरी सम्हाल्ने गाह्रो भैरहेको छ ।’

हुन पनि हो आमासँग जलको नाता अत्यन्तै गहिरो थियो । विवाह पछि पनि जल आमासँगै रहंदै आइरहेकी थिइन् । फिल्ममा सक्रिय हुँदा आमाले जलको निकै हेरचाह गर्दथिन् । प्रेमाको प्रेमले जल मोटाइन् भन्ने सम्मको चर्चा एक समय नेपाली फिल्म वृत्तमा चलेको थियो । जलको हालैको जन्मदिनमा पनि साहित्यकार प्रेमाले मन छुने शब्दमा उनलाई शुभेच्छा व्यक्त गरेकी थिइन् । जुन शुभेच्छा अन्तिम शुभेच्छा हुन गयो ।

आफ्नो फेसबुकमा प्रेमाले लेखेकी छन्, ‘फोटोमा हामी त्यती धेरै सङ्गै आउँदैनौ । तर हामी आ आफ्नो मनमा तस्बिर सरह कहिल्यै नमेटिइने गरी टाँसिएर बसेका छौ । मान्छेलाई हामी आमा छोरीको कहिल्यै देखी डाहा लागेको छ, त्यो डाहाले अचम्मित तुल्याएको छ । सबैको आमा छोरीमा हाम्रो जस्तै कहिल्यै नमेटिने माया गहिरिंदै जाओस् ।’

The post जल शाहलाई मृतशोक, उनलाई सम्हाल्ने गाह्रो । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.