रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

२ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए ।

बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए । रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गरेकी थिइन् ।

तर, पछिल्लो केही महिनायता रीमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रीमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रीयालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् ।
यसैविच, अनलाइनखबरलाई एउटा तस्बिर प्राप्त भएको छ । जुन तस्बिरमा रीमा पति रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका छन् । केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी बर्षा मोरङकी हुन् भने उनी हाल काठमाण्डौमा बस्दै आएकी छिन् । रोबर्ट र बर्षाले इन्गेजमेन्ट गरेको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।

रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेपछि कतै रीमा र उनीविच डिभोर्स त भएको होइन भन्ने प्रश्न सोझिएको छ । वुझिएअनुसार, रीमाले केही महिना अगाडि रोबर्ट र आफ्नो डिभोर्स हुन लागेको उनी निकट साथीहरुसँग बताएकी थिइन् । यसैले, पनि रीमा र रोबर्टको डिभोर्सपछि रोबर्टले अर्को बिहे गर्न लागेको वुझ्न सकिन्छ । यो बिषयमा वुझ्न खोज्दा रीमाको फोन उठेन ।

अनलाइनखबरलाई प्राप्त खबरअनुसार रीमा र रोबर्टविच सहमतिमै २ साता अगाडि डिभोर्स भएको हो । डिभोर्स पश्चात रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन् । नेपाल आएर उनले रीमासँग सहमतिमै डिभोर्स गरेको श्रोतले बतायो । यसपछि, बर्षा र रोबर्टको शुक्रबार इन्गेजमेन्ट भएको थियो । बिहेको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेर रोबर्ट बेलायत फर्किसकेका छन् । onlinekhabar बाट

The post रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.