एमालेका चार नेताः जस्ले १० हजार भन्दा बढि मतले जितिसके तर घोषणा हुन मात्रै बाँकी

मंसिर २३ – प्रतिनिधिसभा चुनावको मतपरिणाम आईरहँदा हिजोदेखि नै जित सुनिश्चित गरेका तर घोषणा हुन बाँकी रहेका ४ जना उम्मेद्वार १० हजार भन्दा बढी मतले बिजयी भैसकेका छन्, तर औपचारिक जीतको घोषणा हुनै बाँकी छ । यसरी बिजयको घोषणा प्रतिक्षा गरिरहेका ४ जनामा चारैजना एमालेका उम्मेद्वार परेका छन् ।

खोटाङका बिशाल भट्टराई १० हजार ६ सय मतले अघि
प्रदेश १ को खोटाङ क्षेत्र नम्वर १ का वामगठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले अहिलेसम्म २६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सरस्वती वजिमयले १६ हजार ३४ मत ल्याउनुभएको छ ।खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो । ४९ हजार ६ सय ४६ मत गणना भैसकेको छ ।अझै २१ हजार ६ सय ६५ मत गन्न बाँकी छ । तर भट्टराई बजिमय भन्दा १० हजार ६ सय ८३ मतले अगाडी हुनुहुन्छ ।

८ हजार गन्न बाँकी तर बसन्त कुमार नेम्वाङ्ग १० हजारले अगाडि
त्यस्तै प्रदेश १ को पाँचथर क्षेत्र नम्वर १ मा वामगठबन्धनका एमाले उम्मेदवार वसन्तकुमार नेम्वाङ्गले ३५ हजार १ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँसँग चुनाव लड्नुभएका नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले २५ हजार ९८ मत ल्याउनुभएको छ ।मंसिर १० मा भएको निर्वाचन अन्तर्गत पाँचथरमा जम्मा ७७ हजार ६ सय ८२ मत खसेको थियो । ६९ हजार १८ मत गणना भैसकेको छ । ८ हजार ६ सय ६४ मत गणना बाँकी रहँदा नेम्वाङ्ग आङदेम्वे भन्दा १० हजार ३४ मतले अगाडी हुनुहन्छ ।

सबैभन्दा ठूलो मतान्तरले जित्दै दोलाखाका पार्वत गुरुङ
दोलखा क्षेत्र नम्वर १ मा वाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङको पनि आधिकारिक घोषणा हुन बाँकी छ । उहाँले ४३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले १८ हजार ७ सय ९० मत ल्याउनुभएको छ ।८७ हजार ४ सय ९८ मत खसेकोमा पार्वत गुरुङले खड्कालाई २४ हजार ८ सय ८३ मतले उछिन्नुभएको छ ।

दामोदर भण्डारी : गन्न बाँकी १ हजार ८ सय मतको अन्तर १० हजार ६००
अनि बैतडी क्षेत्र नम्वर १ मा वामगठबन्धनका एमालेउम्मेदवार दामोदर भण्डारीले ३४ हजार ५ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका नरवहादुर चन्दले २३ हजार ३ सय २६ मत प्राप्त गर्नुभएको छ ।६६ हजार ३ सय ४३ जनाले मतदान गरेकोमा ६४ हजार ५ सय ३४ मत गणना भैसकेको छ ।अव १ हजार ८ सय ९ मत गन्न बाँकी छ । तर वामगठबन्धनका उम्मेदवार भण्डारी कांग्रेसका चन्द भन्दा १० हजार ६ सय ७९ मतले अगाडी हुनुहुन्छ ।

The post एमालेका चार नेताः जस्ले १० हजार भन्दा बढि मतले जितिसके तर घोषणा हुन मात्रै बाँकी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.