मोरङ ६ मा लालबाबु पण्डित बिजयी, को हुन लालबाबु पण्डित ?

मोरङ । मोरङको क्षेत्र नम्बर ६ मा चर्चित एमाले नेता लालबाबु पण्डित बिजयी भएका छन । उनले नेपाली काँग्रेसका डा.शेखर कोईरालालाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन । पण्डितले ३३ हजार ९ सय ४१ मत पाएका छन भने काँग्रेसका कोईराला ले ३३ हजार २ सय ६६ मत पाएका छन । चुनाव खर्चको अभावमा बिदेशमा काम गर्ने कामदारले पठाईदिएको खर्चबाट चुनाव लडेका पण्डित ईमान्दार नेताका रुपमा परिचित छन ।
को हुन लालबाबु ?

सर्लाहीबाट तत्कालीन मालेमा भूमिगत राजनीति गर्न मोरङ आएका लालबाबु पण्डितले पनि मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधि सभाका चुनाव जितेका हुन् । पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभामा सांसद् बिना नै सामान्य प्रशासन मन्त्री भए र बढी चर्चित भए । विदेशमा ग्रिनकार्ड वा पिआर लिएका नेपालका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित यसपछि राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिँदै आएका छन् ।

एमालेका पोलिटब्युरो सदस्य रहेका लालबाबु पार्टीको गुटभित्र माधवकुमार नेपालका समर्थक हुन्। माधवसमर्थक भएकै कारण ओलीको सरकारमा सबैले हेपेको मन्त्रालय पाएका पण्डित सबैभन्दा बढी चर्चित र लोकप्रिय भएर निस्किए । आफूलाई सादा जीवन उच्च विचारको परिपालक भन्न रुचाउने उनी एउटा पुरानो साइकल हाँकेर विराटनगरमा राजनीतिक भेटघाट गरिरहेका हुन्छन्। कतै टाढा जानुपरे वातानुकूलित गाडीभन्दा सार्वजनिक सवारी वा टेम्पो रुचाउँछन ।

The post मोरङ ६ मा लालबाबु पण्डित बिजयी, को हुन लालबाबु पण्डित ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.