हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ ।
चुरे पर्वतीय क्षेत्रबाट ल्याई रोपिएको करिब ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पाकेपछि मोलभोग जातका केराको झै गुलियो स्वाद आउने बताउनुभयो ।
कोसाका पाटाहरु पूरा भई पुष्ट भएपछि र फलको आकार गोलो र रङ्ग हरियोबाट हल्का हरियो भएपछि घरी काट्ने गरिएको यस केराको जात के हो भन्ने केरा धनीलाई जानकारी छैन ।
जिल्ला कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कैलाश साहले वसराई ड्वार्फ, हरिछाल, रोवष्टा, विलियम हाइब्रिड, मोलभोग, चिनी, चम्पाजस्ता केराका जातहरु तराईका फाँटमा हुर्कने भएपनि यो केराको जात आफूलाई जानकारी नभएको बताउनुभयो ।
The post विश्वको अदभूत केराको घरी नेपालमा फल्यो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.