डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित

​चीनमा डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित
भदौ २५ – चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन र बिक्रिलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ । चीनका उद्योगसम्बन्धी उपमन्त्रीले डिजेल र पेट्रोलका गाडीमाथिको प्रतिबन्ध लगाउने विषयमा अनुसन्धान थालिएको जानकारी दिँदै प्रतिबन्ध लागू गर्ने मिति भने तय नभएको बताएका बिबिसीले जनाएको छ ।

चीनले गत वर्ष २ करोड ८० लाख गाडी उत्पादन गरेको थियो जुन विश्वकै तेस्रो धेरै उत्पादन हो । चीनका विभिन्न कार कम्पनीले पनि आफ्ना उत्पादनलाई बिजुलीबाट चल्ने ढाँचामा बदल्न सुरु गरिसकेका छन् ।

यसअघि बेलायत र फ्रान्सले पनि सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने गाडीको उत्पादन बन्द गर्ने योजना अघि सारेका थिए । यो निर्णयसँगै चीनमा तेलको माग पनि घट्ने अनुमान गरिएको छ । अमेरिकापछि पेट्रोलियम पदार्थ धेरै प्रयोग गर्ने देशको सूचीमा चीन दोस्रो स्थानमा पर्छ ।

The post डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिबन्धित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.