युवतीहरुले सम्बन्ध राख्न केटा नै नपाएको नेपालको यो गाँउ….
नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो ।
बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।
उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् । ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’इअलनेपाल
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् ।
न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्।
पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।
The post युवतीहरुले सम्बन्ध राख्न केटा नै नपाएको नेपालको यो गाँउ…. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.