गृहनगर उर्लाबारीमा निशान भट्टराईको सेल्फी..

उर्लाबारी : नेपाल आइडलको उत्कृष्ट तीनमा पर्न सफल उर्लाबारी निवासी निशान भट्टराई मंगलबार गृहनगरका शुभचिन्तक र फ्यानसँग रमाए । मंगलबार साँझ निशान उर्लाबारीको मुख्य चौकमा आयोजना गरिएको सांगीतिक कन्सर्टमा सहभागी भए।

गृहनगरमा निशानलाई हौसला प्रदान गर्न हजारौँ सर्वसाधारणको घुइँचो रहेको छ। प्रहरीको उच्च सुरक्षामा भएको कार्यक्रममा विभिन्न उमेर समूहका संगीत प्रेमीले खुलेर निशानको प्रशंसा गरे। निशानले ‘आफ्नै गाउँ फर्किआएँ’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका गीतले आप्mना समर्थकलाई मनोरञ्जन दिएका छन्। निशानले मंगलबार विराटनगर, इटहरी, विराटचौक, पथरी, मंगलबारे लगायतका स्थानमा पुुगेर समर्थकलाई भोटको अपिल गर्दै सांगीतिक प्रस्तुति पस्केका छन्।

विराटनगरको कञ्चनवारी चौकमा भएको कार्यक्रममा निशानको हौसला बढाउन विराटनगर महानगरपालीकाका मेयर भिमप्रसाद पराजुली पुगेका थिए। उनले निशान क्षमतावान व्यक्ति भएको भन्दै एपीवानले उनको क्षमताको उजागर गरेको बताए। पराजुलीले उनका लागि भोटको अपिल गर्दै नेपालको पहिलो नेपाल आइडल चुन्न सबैलाई आग्रह गरे।

त्यस्तै इटहरीको कार्यक्रममा इटहरीका मेयर द्वारीकालाल चौधरीले निशानको कलाको तारिफ गरे। उनले निशानलाई नगरको कार्यक्रममा स्वागत गर्दै उनकालाई नेपाल अइडल बनाएरै छोड्नु पर्ने बताए।
त्यस्तै गृहनगरमा आएका निशानलाई मेयर खड्ग फागोले स्वागत गरे। उनले निशान कलाको धनी भएका हुँदा उसलाई नेपाल आइडल बन्न कसैले छेक्न नसक्ने उद्घोष गरे।

इटहरीमा हजारौँ दर्शकको भिड थेग्न नसकेपछि कार्यक्रमको बीचमै उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यलय इटहरी लगिएको थियो। प्रहरी कार्यलयबाहिरै पुगेर समर्थकले नाराबाजी गर्न थालेपछि उनलाई इलाका प्रहरी कार्यलर्यका डीएसपि संजय राउतले आप्नै प्रहरी भ्यानमा राखेर इटहरीको बोर्डर रहेको बुढी खोला पार गराएका थिए। annapurnapost

The post गृहनगर उर्लाबारीमा निशान भट्टराईको सेल्फी.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.