छाला चाहुरियो तन्नेरी देखिने घरेलु उपाए यस्तो छ जानी राखौं

वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो समयसम्म जवान देख्न मद्धत गर्दछ ।

काँक्रो र अण्डाको सेतो भागको महत्व :

काँक्रो :काँक्रोले छालालाई प्राकृतिक तरिकाले पुनः बनाउन मद्धत गर्दछ । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसमा पाईने भिटामिन ‘ सी ’ र ‘ के ’ले छालालाई चाउरी बनाउने र खुकुलो पार्ने कारक तत्वको रुपमा रहेको मुक्त कण ( फ्री रेडिकल ) हरुलाई नष्ट गर्दछ । त्यसैगरी काँक्रोमा पाईने सिलिकाले छालाको चाउरीपनबाट बचाउन महत्वपूर्ण भुमिका खेल्दछ ।

अण्डाको सेतो भाग :अण्डामा छालालाई तन्काउने गुण हुन्छ । त्यसैले अण्डा पनि छालाको लागि धेरै फाईदाजनक छ ।

बनाउने विधि :काँक्रोलाई २ आधा भागमा काट्नुहोस् । त्यसपछि काँक्रोको एक आधा भागलाई खुर्काउनुहोस् । त्यसपछि यस काँक्रोलाई १ ईन्चभन्दा सानो हुनेगरी स–सानो टुक्रामा काट्नुहोस् । र यस टुक्रालाई ब्लेन्डरमा मध्यम गतिमा हालेर २ मिनेटसम्म फिट्नुहोस् । त्यसपछि यसलाई छानेर कचौरामा हाल्नुहोस् । र यसमा १ वटा अण्डाको सेतो भागलाई मिसाउनुहोस् ।

यस मिश्रणलाई शरीरको छालालाई तन्काउन आवश्यक ठाउँमा लगाउनुहोस् । र १५ मिनेटसम्म त्यसै छोडी चिसो पानीले पखाल्नुहोस् । छिटो परिणामको लागि हप्ताको १ वा २ पटक यसको प्रयोग गर्नुहोस् ।

The post छाला चाहुरियो तन्नेरी देखिने घरेलु उपाए यस्तो छ जानी राखौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.