तीन वर्षदेखि सेतो सर्पले यी किशोरीलाई पछ्याउँदै, ३४ पटक डस्नुको पछाडि यस्तो कारण ?

भारतकी यी किशोरीलाई एउटा सर्पले ३४ औं पटक टोकेपछि उनी अस्पताल पुगेकी छिन् । यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । जसका कारण डाक्टरहरु चकित परेका छन् । अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा सर्प यी किशोरीलाई लगातार पछ्याइरहेको छ । कहिले घर, कहिले स्कूल, उनी जता गएपनि सर्प आएर डस्ने गर्दछ ।

१७ वर्षीया मनिषालाई पटक–पटक सर्पले डसिरहेको छ तर उनी हरेक पटक बच्ने गर्दछिन् । शनिबार बिहान मनिषा आफ्नी आमासँगै घाँस काटिरहेकी थिइन्, यति नै बेला सर्पले उनलाई टोक्यो । उनलाई अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो । भारतस्थित नाहान अस्पतालमा ५/६ घण्टापछि मनिषालाई होस आयो र उनले आफूमाथि बितेको पुरा घटना बताइन् । मनिषाको हातमा सर्पले डसेको निशाना पनि छ । उनका अनुसार उक्त सेतो सर्प उनले मात्रै देख्छिन् । जब यो सर्प आउँछ तब उनी हल्लिन पनि सक्दिनन् न नै चिच्याउन सक्छिन् । उनलाई डसेपछि सर्प जान्छ र केही बेरपछि विष पनि शरिरबाट उत्रन्छ ।

सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँकी मनिषासँग निकै वर्षदेखि यस्तो भइरहेको छ । अचम्मको कुरा त के छ भने चमत्कारिक ढङ्गले हरेक पटक विष निस्कन्छ । उनलाई तीन/चार पटक मात्रै अस्पताल पुर्याइयो । ज्योतिषहरुले यसबारे अचम्मित गरिदिने खुलासा गरेका छन् ।
उनका परिवारले यसबारे ज्योतिषीसँग पनि कुरा गरे । उनीहरुका अनुसार मनिषाको यो नागसँग पूर्व जन्मको सम्बन्ध छ जसका कारण उनलाई नाग आउने पूर्वाभास हुन्छ । नाग आउनेबित्तिकै उनी मोहित हुन्छिन् । थुप्रै ज्योतिषीसँग सल्लाह गर्दा बताइयो कि नागलाई उनको मनुष्य रुप राम्रो लाग्दैन । थुप्रै पटक एक दिन र हप्तामा तीन–चार पटक पनि डसेको छ । तर उनको यो विष आफसे आफ कसरी हराउँछ, यसमा डाक्टरहरु अचम्मित छन् ।

मनिषाका अनुसार नयाँ वर्षको दिन उनका साथीहरुले नयाँ वर्षको उपलक्ष्यमा साथीले बधाई दिन आएन त भनेको केही घण्टा पछि नै मनिषालाई एक पटक पुनः सर्पले टोक्यो । उक्त घटनाले उनका साथीहरु पनि डराएका थिए । तर मेडिकल साइन्सले भने यसलाई स्विकार गर्न सकिरहेको छैन । सर्पले टोकेको वा नटोकेको भन्नेबारे विभिन्न परिक्षण पछि मात्र जानकारी हुने भएकाले यसबारे आफूहरुले केही भन्न नसक्ने बताएका छन् । उनको स्थिती निकै सामान्य रहेको डाक्टरको भनाई छ । पटक–पटक सर्पले टोकिरहने विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने डाक्टरहरुको भनाई छ ।
Rato Pati

The post तीन वर्षदेखि सेतो सर्पले यी किशोरीलाई पछ्याउँदै, ३४ पटक डस्नुको पछाडि यस्तो कारण ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.