फेरी घट्यो डरलाग्दो घटना : भान्जीलाई बन्धक बनाएर तीन दिनसम्मको बलात्कार पछि यसरि गरे मामाले हत्या

दैलेख, १९ भदौ । कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ ।

युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो ।

जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी थिइन् ।

गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए । बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका छन् । जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको छ ।

अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए ।

सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ । तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि हत्याको बहानामा विष सेवन गराइएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका हुन् ।

प्र्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ । कर्णाली राजमार्गअन्तर्गतको सडक बिग्रेका कारण विगत पाँच दिनदेखि सडक अवरुद्ध भएको छ । lightnepal

The post फेरी घट्यो डरलाग्दो घटना : भान्जीलाई बन्धक बनाएर तीन दिनसम्मको बलात्कार पछि यसरि गरे मामाले हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.