फिल्मको कलेक्सन देखेर हलवाला आफैं आत्तिए, नाइट सो समेत हाउसफुल

भाद्र १९, २०७४- पहिलो पटक निर्देशनमा हात हालेकी अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर २’ बाट व्यापारिक सफलता पाएकी छन् । तीन दिने विकेन्डमा फिल्मले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् ।

‘फिल्मले बम्पर ओपनिङ गरेको छ,’ काठमाडौं वितरक गोविन्द शाहीले कान्तिपुरसँग भने, ‘शनिबारको कलेक्सन त अहिलेसम्मकै उच्च हो । कल्पनै गर्न नसक्ने गरी दर्शक ओइरिएका छन् । फिल्मको कलेक्सन देखेर हलवाला आफैं आत्तिएका छन् । नाइट सो समेत हाउसफुल भएको छ ।’ देशभर झन्डै ८५ स्क्रिनमा रिलिज भएको फिल्मले काठमाडौंमा मात्रै ३५ भन्दा बढी स्क्रिन पाएको छ ।

‘फिल्मको कलेक्सन देखेर हलवाला आफैं आत्तिएका छन् ।’

वितरक शाहीका अनुसार, फिल्मले रिलिजको दिन शुक्रबार ४५ लाख रुपैयाँभन्दा बढी व्यापार गरेकोमा शनिबार बढेर झन्डै ८८ लाख रुपैयाँको कलेक्सन गरेको छ । तीन दिनमा मात्रै फिल्मले काठमाडौंका हलबाट १ करोड ३८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको उनले बताए ।

उनले थपे, ‘आज आइतबार बिदा परेकाले पनि व्यापार उच्च नै रह्यो । हामी नेपाली फिल्मका लागि यो सुखद पक्ष हो । ‘ए मेरो हजुर २’ मा दर्शकचापले गर्दा विदेशी फिल्मलाई समेत ठूलो धक्का लागेको छ । अधिकांश हलबाट विदेशी फिल्म उतारेर ‘ए मेरो हजुर २’ लगाइएको छ ।’ गत शुक्रबार नै अजय देवगन स्टारर बलिउड फिल्म ‘बादशाहों’ र हलिउड फिल्म ‘बेबी ड्राइभर’ रिलिज भएका थिए ।

फिल्मको मोफसल वितरणको जिम्मा सम्हालेका केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे । ‘आज त फिल्मले भयंकर नै हान्यो । कतिपय हलको कलेक्सन विश्वास नलागेर दोहोर्‍याएर नै सोध्नुपर्‍यो,’ वितरक पराजुलीले ३५ सय रुपैयाँ कलेक्सन नगर्ने नवलपरासीको कावासोतीमा समेत ३५ हजार रुपैयाँको व्यापार भएको उदाहरण दिँदै थपे, ‘सानो स्टेसनमा समेत एकदम राम्रो व्यापार हुँदा त हाम्रो दिमाग खराब भएको छ, खुसीले । कहाँबाट आएका त्यति धेरै मान्छे ?’ पराजुलीका अनुसार, झरनाको फिल्मले मोफसलबाट मात्रै तीन दिनमा झन्डै १ करोड ६० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । फिल्मले देशभरबाट तीन दिनमा झन्डै ३ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको वितरकहरूले दाबी गरेका छन् ।

सुनीलकुमार थापाले निर्माण गरेको फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्स दुवैमा सुखद व्यापार गरेको छ । राजधानीको अग्रणी मल्टिप्लेक्स क्यूएफएक्सका ४९ सोबाट मात्रै फिल्मको विकेन्ड कलेक्सन झन्डै ३८ लाख भएको छ, जुन यसै वर्ष रिलिज ‘प्रेमगीत २’ भन्दा ५ लाख रुपैयाँले बढी हो । शुक्रबार र आइतबार झन्डै ११–११ लाख रुपैयाँ कलेक्सन गरेको ‘ए मेरो हजुर २’ ले शनिबार १६ लाख रुपैयाँको टिकट बिक्री गरेको थियो ।

फिल्मको सुखद ओपनिङले उत्साहित बनेकी निर्देशक थापाले ‘ए मेरो हजुर ३’ समेत बनाउन जोस बढेको सुनाइन्, ‘दर्शकले फिल्म हेरेपछि ‘ए मेरो हजुर ३’ अब कहिले हेर्न पाइन्छ भनेर सोध्नुभएको छ । यो माया देख्दा त ल्याइहालूँ भएको छ ।’ उनले रिलिज अगावै फिल्म सफल होला/नहोला भन्ने कुराले पिरोल्दा आफ्नो नायिकाको छविमा समेत धक्का लाग्छ कि भन्ने डर अहिले आएर दूर भएको बताइन् ।

गीत, प्रोमो, लोकेसन र मेकिङ गतिलो हुनुका साथै नयाँ कलाकार भएका कारणले पनि फिल्म चलेको बताइएको छ । वितरक पराजुलीले भने, ‘फिल्म हेरेर दर्शकले मजा लिएका छन् । वर्ड अफ माउथ राम्रो भएकैले व्यापार बम्पर भएको हो ।’

उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत, बुद्धि तामाङ, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, अनुभव रेग्मीलगायतको अभिनय छ ।

The post फिल्मको कलेक्सन देखेर हलवाला आफैं आत्तिए, नाइट सो समेत हाउसफुल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.