हिरोको पारिश्रमिक २० करोड, हिरोइनको २ करोड ! हिरो हिरोइनको पारिश्रमिकमा किन हुन्छ यत्रो खाडल ?

काठमाडौं, २४ भदौ । बलिउडको जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि प्रत्येक बर्ष सयौं फिल्म बन्छन् । बलिउडमा जस्तै दक्षिणमा पनि अधिकांश फिलम पुरुष केन्द्रीत हुन्छ । सोही कारण पुरुष एक्टरको पारिश्रमिक महिला एक्टरको तुलनामा धेरै हुन्छ । हिरोइनको तुलनामा हिरोले पाउने पारिश्रमिक यती धेरै खाडल किन हुन्छ ? यसको कारण एउटा मात्रै छैन ।

साउथ फिल्म इन्डस्ट्रीमा महिला निर्माता, निर्देशक, स्क्रिप्ट राइटर्स साह्रै कम छन् । साउथमा महिला प्रधान फिल्म कम बन्छन् । यही कारण हिरोइन र उसको कामलाई कम आँकिन्छ । त्यही कारण उनीहरुको पारिश्रमिक कम हुन्छ । तेलुगु फिल्मकी टप हिरोइन नयन तारा र अनुष्का शेट्टीलाई एक फिल्मका लागि १.५ देखि २ करोड रुपैंया मिल्छ । समान्था रुथ, काजल अग्रवाल र रकुप्रीतको पारिश्रमिक १ करोड रुपैंया छ । तर प्रभास, विजय, अजीत कुमार जस्ता एक्टर्सको पारिश्रमिक २० देखि ३० करोडसम्म छ ।

कसरी हुन्छ हिरो–हिरोइनको तलब ?

साउथ फिल्म इन्डस्ट्रीमा केही स्टार्सको पारिश्रमिक पपुलारिटी, निर्मातासँगको सम्बन्ध र बक्स अफिसमा उसका फिल्मले गरेका परफमेन्सका आधारमा तयार हुन्छ । हिरो हिरोइनको पारिश्रमिकको कुरा यो कुरामा भर पर्छ की उ कुन इन्डस्ट्रीमा काम गरिरहेको छ । सिनियर एक्टर मोहनलाल मलयालम फिल्म इन्डस्ट्रीका हाइएस्ट पेड एक्टर हुन् उनको पारिश्रमिक २ करोड रुपैंया हो । तर उनी भन्दा कम अनुभव भएका तेलुगु एक्टर राणा दग्गुबतीले एक फिल्मबाट ५ करोडरुपैंया लिन्छन् । जबकी राणा तेलुगु फिल्मका टप एक्टर्सको लिस्टमा समेत समावेश छैनन् ।

तेलुगु–तामिल फिल्मको माग बढी

साउथमा तेलुगु र तामिल इन्डस्ट्रीको कुरा गर्ने हो भने दुवै मलयालम र कन्नड फिल्म इन्डस्ट्री भन्दा धेरै ठूलो हुन् । यो पनि एउट कारण हो तामिल फिल्म स्टार्सको भन्दा ज्यादा पारिश्रमिक मिल्छ । तेलुगु र तामिल एक्टर्सको माग पनि ज्यादा हुन्छ ।

इन्डस्ट्रीको हिसाबमा यस्तो छ पारिश्रमिकको अन्तर

तामिलका टप स्टार्स, जस्तै जोसेफ, विजय र अजितकुमार एक पिल्मका लागि ३० करोड रुपैंया लिन्छन् । तेलुगु फिल्मका पवन कल्याण, महेश बाबु र जुनियर एनटीआर १७ देखि २२ करोड लिन्छन् । कन्नडका टप एक्टर यशलाई एक फिल्मबाट १० करोड र पुनीत राजकुमारलाई ८ करोडसम्म मिल्छ । दर्शन र सुदीप जस्ता एक्टरलाई ६ करोड पारिश्रमिक दिइन्छ । मलयालमका टप एक्टर मोहनलाललाई एक फिल्मको २ करोड, ममूटीलाई १.५ करोड दिइन्छ ।

फिल्ममा हिरोइन एक्साटमेन्टका लागि मात्रै

मेनस्ट्रीम फिल्म हिरो–सेन्ट्रिक हुन्छ । जुन पुरुष एक्टरका कारण मात्रै चल्छ । ‘थेरी’ विजयको फिल्म हो । यसमा समान्ता थिइन् तर उनलाई खासै क्रेडिट मिलेन । यस्तै मलयालम फिल्म ‘पुलिमुरुगन’ पुरै मोहनलालकै वरीपरी घुमेको छ । फिल्ममा कमलिनी मुखर्जीको रोललाई महत्व दिइएन । त्यसैले हिरोइन फिल्ममा एक्साइडमेन्टका लागि मात्रै राखिन्छ ।

जानी जानी कम पैसा दिइन्छ

नयनतार यस्ती हिरोइन हुन, जसलाई तामिल फिल्ममा काम गर्दा ३ देखि ४ करोड मिल्छ । मलयालम र तेलुगु फिल्मका केही हिरोइनले एक फिल्ममा काम गरेवापत ३० देखि ५० लाखमा चित्त बुझाउनु पर्ने अवस्था छ । कतिपय अवस्थामा निर्माताले हिरोइनलाई जानी जानी कम पैसामा काम गराउँछन् । यदी कुनै हिरोइनले कम पैसामा काम नगर्ने बताए निर्माताहरुले अरुनै हिरोइनलाई काम गराउँछन् ।

यसकारण बन्दैनन् महिला प्रधान चलचित्र

महिला पधान चलचित्र थोरै बजेटमा बनाइन्छ । निर्माताले पुरुष प्रधानभन्दा महिला प्रधान फिल्मले कम पैसा कमाउँछ भन्ने लाग्छ । महिला प्रधान चलचित्र केवल प्रयोगकारुपमा मात्रै बनाइन्छ ।

महिला प्रधान चलचित्रको क्रेडिट पनि पुरुषले लिए

बलिउडको कुरा गर्ने हो भने ‘पिंक’ र ‘दंगल’ जस्ता फिल्मको लिड रोलमा महिला छन् । तर फिल्मको सबै क्रेडिट मेल स्टार अमिताभ बच्चन र अमिर खानलाई जान्छ । एजेन्सी

The post हिरोको पारिश्रमिक २० करोड, हिरोइनको २ करोड ! हिरो हिरोइनको पारिश्रमिकमा किन हुन्छ यत्रो खाडल ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.