पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला परेपछि…

एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो ।

मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा मेशिनको प्रयोग गरिएको थियो । सिन्हाको रिपोर्ट अनुसार संघीय प्रहरीले पहिलो पटक यति ठुलो रकम जफत गरेको हो । नोटहरुको संख्या यति धेरै थियो कि कैयौ सुटकेश र बक्स भरिएको थियो ।

यो रकम भ्रष्टचारको मामिला अन्तर्गत जम्मा गरिएको छ । उक्त घर सात महिनादेखि नजरबन्दमा रहेका लिमासँग जोडिएको बताइएको छ ।

सन् २०१६ मा उनलाई भ्रष्टचारको मुद्धा लागेपनि उनले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले राष्ट्रपति माइकल टिमरको कार्यकालमा ६ महिनासम्म सचिव पद सम्हालेका थिए । रिपोर्टका अनुसार लिमाले पुर्व संस्कृति मन्त्री मारसेलो कालेरो र उनको परिवारको एक रियल स्टेट प्रोजेक्टलाई मान्यता दिने दबाब दिएका थिए ।

तर, उक्त प्राजेक्ट ऐतिहासिक धरोहर विभागको तर्फबाट प्रतिबन्धित रहेको थियो ।पुर्व राष्ट्रपति डिल्मा राउसेफको कार्यकालको समयमा लिमा २०११–१३ सम्म सरकारी बैंक कैक्साको शीर्ष अधिकारी रहेका थिए ।

रियोलाई लिएर अर्को ठुलो खुलासा
अर्को तर्फ रियो ओलम्पिकलाई लिएर एउटा ठुलो खुलासा भएको छ । ब्राजिल प्रहरीले रियो ओलम्पिक २०१६ मा धेरै ठुलो भ्रष्टाचार भएको बताएको छ ।

ब्राजिल पुलिस अधिकारीका अनुसार देशका ओलम्पिक प्रमुखले अन्तराष्ट्रिय ओलम्पिक समितिलाई घुस दिएको, रियो ओलम्पिकको स्वागतमा कार्यक्रम हासिल गर्ने षडयन्त्र रचिएको थियो । अन्तराष्ट्रिय भ्रष्टचारको समेत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ । नेपालीपत्रबाट

The post पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला परेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.