२६ सयको जुत्ता २६ हजारमा बेच्ने दरबारमार्गका चारवटा पसलमा सिलबन्दी

काठमाडौं, भदौ १९ – आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल सिलबन्दी गररेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरिएको अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरु बन्द सिलबन्दी गरीएको हो । दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको छ । ती पसलहरुले बिल बिजक नभएको, ओभर बिलिङ्ग गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दसैं छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो । नाइकले ४ हजार ७ सयको खरिद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा बिक्री गरेको फेला परेको थियो ।

नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको थियो । खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेका पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ताले महंगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने र नागरिकका समस्या भन्दा पनि व्यवासायीको मनपरी भएकोले समाजमा बिकृति ल्याएकोले अनुगमन गरेको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो । उहाँले व्यवसायी र उपभोक्ताको बिचमा समन्वय गरी नागरिक ठगीने कार्यलाई नियन्त्रण गरिने बताउनुभयो । ‘

दरबारमार्ग संगै कमलादीको सिटी सेण्टर, ठमेलको नर्थ फेस, नक्सालको भाटभनेटीमा पनि आपूर्ति विभागले अुनगमन गरेको छ ।

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि पसलहरुले अत्यधिक नाफा खाने गरेको भेटिएकाले उनीहरुलाई कालोबजारी ऐन अनुसार कारबाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । ujyaaloonline

The post २६ सयको जुत्ता २६ हजारमा बेच्ने दरबारमार्गका चारवटा पसलमा सिलबन्दी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.