महजोडिले फिल्म बनाउँदैः जम्बो कलाकारको टोली

हाँस्यकलाकार महजोडीले फिल्म बनाउने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले फिल्म बनाउने घोषणा गरेका हुन् । फिल्मको नाम ‘शत्रु गते’ राखिएको छ । मह जोडिको प्रस्तुतीमा किरण केसी [राता मकै]ले ‘सत्रुगते’लाई निर्माण गर्नेछन् । फिल्मको सबैभन्दा राम्रो पक्ष त के छ भन्दा । यसमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा जस्ता स्टार कलाकारहरुले अभिनय गर्नेछन् । त्यसमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय छुट्ने कुरै भएन् । साथै शिवहरी पौड्याल, किरण केसी [राता मकै], राजाराम पौड्याल, बसुन्धरा भुसाल लगायतको पनि अभिनय रहनेछ ।

फिल्म निर्माणका लागि हट केक मानीएका दीपक-दिपा मह जोडिको फिल्ममा आउनुले फिल्म राम्रो बन्छ भन्ने अपेक्षा गरिएको छ । साथै भर्सटाइल नायीका प्रियंका कार्की, युवा मनका ढुकढुकि पल शाह र आँचल शर्मा फिल्ममा आवद्ध हुँदा फिल्म कस्तो बन्छ त्यो प्रतिक्षाको विषय बनेको छ । दीपक-दीपा र प्रियंकाको ‘छक्का पञ्जा २’ असोज ११ बाट रिलिज हुँदैछ भने पल र आँचलको मुख्य अभिनय रहेको फिल्म जोनी जेन्टलमेन शुक्रवार देखि रिलिज भएको छ । फिल्मको कथा हरिवंश आचार्य र पटकथा दीपकराज गिरीले लेखेका हुन् । फिल्ममा राजनराज शिवाकोटीको संगीत रहनेछ । नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् भने निर्देशन प्रदिप भट्टराईले गर्नेछन् ।gazzabkoonline

The post महजोडिले फिल्म बनाउँदैः जम्बो कलाकारको टोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.