५० केजीको भारी बोक्दा बोक्दै निदाए यी बालक, हेर्नुहोस् तीन हृदयविदारक तस्विर

काठमाडौं, २२ भदौ । भदौको महिना, टन्टलापुर घाम, उकालो बाटो र ५० केजीको भारी । सोच्नुहोस् त कस्तो हुन्छ ? तपाई हामी मध्ये धेरैले यस्तो भोगेका छौं । धेरैले अहिले भोगिरहनु पनि भएकै होला ।

फर्कनुहोस् आफ्नो बाल्यकाल तिर । सम्झनुहोस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ, जसले भोगेको छ । त्यसलाई राम्ररी थाहा छ ।

पहिलेको कुरा छोड्नुहोस् । सम्झनुहोस् अहिलेको समय । १२/१३ कलिलो उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ र विताउँछन् यी उमेर समुहका नानी बाबुहरुले ।

तर, यी तस्विरमा देखिएका बालकको भाग्य कहाँ त्यस्तो छ र ? पढ्न, खेल्न, रमाउन यीनलाई पनि कसो मन नहोला र ? तर, ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाउन पुगेका छन् ।

ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् । हरियो भेष्ट, कालो हाफ पाइन्ट, हरिया चप्पल ढुंगाको कापमा गुडुल्की परेर यी निदाएका छन् । उनको छेउमा सेतो बोरामा करिब ५० केजी जति कोदाको भारी छ ।

उनका हात खुट्टामा घाउनै घाउ छन् । उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।

हाम्रो देश वालश्रम मुक्त घोषणा गरिएको छ । शहरी क्षेत्रमा बालश्रमको नारा उछालिन्छ, तर कार्यान्वयन फितलो छ । दुरदराजका गाँउमा त ‘मुक्त बालश्रम’ के हो ? पत्तो छैन । यी जस्तै धेरै बालबालिका कडा शारिरिक काम गर्न बाध्य छन् । जसका कारण उनीहरुको बालअधिकार हनन भइरहेको छ । medianp

The post ५० केजीको भारी बोक्दा बोक्दै निदाए यी बालक, हेर्नुहोस् तीन हृदयविदारक तस्विर appeared first on Taja nepali news.

http://ift.tt/2gJvDMS
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.