दुई हात जोड्दा यस्तो अर्धचन्द्र बन्छ भने त्यसको अर्थ के हुन्छ त ?

भदौ ९ – हस्तरेखा ज्योतिषअनुसार हत्केलामा बनेका रेखाहरूले व्यक्तिको भूत, भविष्य र वर्तमानको बारेमा बताइदिन्छन् । यहाँ हामी दुई हत्केला जोड्दाखेरी बन्ने अर्धचन्द्रको के अर्थ निस्कन्छ अनि यसबाट के के कुरा थाहा हुन्छ भन्नेछौं ।

हत्केलामा हृदयरेखा कान्छी औंलाको तलबाट शुरु हुन्छ । दुवै हत्केलालाई सँगै टाँस्दा हृदयरेखाको मिलन हुन्छ र अर्धचन्द्र बन्छ । यो शुभ चिह्न हो र सबैको हातमा बन्दैन ।

अर्धचन्द्र बनेको हत्केला भएका मानिस आकर्षक स्वभावका हुन्छन् । यस्ता मानिस जीवनसाथीप्रति धेरै भावुक हुन्छन् तर आफ्नो भावना लुकाउने कोशिश गर्छन् । यिनीहरूको दिमाग तीखो हुन्छ । यिनीहरूका लागि कुनै पनि कुरा गाह्रो हुँदैन । दुई हत्केला जोड्दा सिधा रेखा बन्यो भने त्यस्तो व्यक्ति शान्त र दयालु हुन्छ । उनीहरूलाई हरेक काम बिस्तारै गर्न मन लाग्छ । तर सिधा रेखा बन्ने मानिस दुर्लभै हुन्छन् भनिन्छ ।

हत्केला जोड्दा यी रेखाहरू जोडिएनन् वा बांगोटिंगो देखिए भने उक्त व्यक्ति आफूभन्दा ठूलो उमेरका मानिससँग बस्न मन पराउँछ । यस्ता मानिस निष्फिक्री हुन्छन् । अर्काले के सोच्छन् भनी यस्ता मानिसले मतलब गर्दैनन् ।

-भारतीय वेबसाइटबाट

The post दुई हात जोड्दा यस्तो अर्धचन्द्र बन्छ भने त्यसको अर्थ के हुन्छ त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.