जन्मदिनको शुभकामना धुर्मुसलाई :) , आजकै दिन रौतहटमा ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् । चन्द्रपुर नगरपालीका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस् सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘ एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । आज (बुधबार) बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस्), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

फाउण्डेशनसका अध्यक्ष सितारामका अनुसार बस्ती आज असोज ४ गतेबाट शुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरीनेछ । केहि समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पिडित र समुदायपनि पिछडिएको कारण यसैठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए । साथै सुन्तलीले धुर्मुसले आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अगाडी बढ्ने हौसला मिलोस् भन्दै शुभकामना दिइन् ।

साथै बस्ती निर्माणका लागी जम्मा ५ करोड ७५ लाख लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिसबसोबास गर्दछन् । tajakhawar

The post जन्मदिनको शुभकामना धुर्मुसलाई :) , आजकै दिन रौतहटमा ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.