नेपाल आइडलका दावेदार वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी निशान भट्टराई आफ्नो गृहनगर फर्कदै

दमक ,२६ भदौ | नेपाल आइडलको टप-३ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् निशान भट्टराई | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ३ मा पुगेका भट्टराईलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट सपोर्ट भैरहेको छ |

आफ्नो व्यक्तिगत लुकमा पनि उत्तिकै माहिर निशान जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | निशानले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्‍याउन आग्रह गरेका छ्न ।

पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लावारीका गायक निशान भट्टराइ भोली मंगलबार दमक आउने भएका छन् । उनि मंगलवार पूर्वका बिभिन्न शहरहरुमा आफ्ना समर्थक तथा शुभेच्छुक हरुसंग भेटघाट गर्ने क्रममा सुनसरी, मोरङ र झापाका विभिन्न शहरहरुमा आउन लागेको बुझीएको छ ।बाल्य अबस्थादेखिनै गीत गाँउदै आएका भट्टराइ नेपाल आइडलबाट एक्कासी चर्चाको शिखरमा पुगेपछि सेलिब्रेटी भएर मंगलवार बिहान काठमण्डौ बिराटनगरको पहिलो उडानमा गृह जिल्ला आउदै छन । उनले बिभिन्न स्थानीय शहरहरुमा रहेका आफना समर्थकहरुलाइ धन्यवाद दिने कार्यक्रम रहेको बुझिएको छ ।

उनै निशान भट्टराई आफ्नो गृहनगर मोरङ उर्लावारी फर्कने भएका छन् | मंगलबार आफ्नो गृहनगर फर्केर आफ्नो सुभेच्छुक,आफन्त तथा समर्थकहरु संग भेटघाट गर्ने जनाईएको छ | बाल्यकाल देखिनै गीत गाउन माहिर तथा शौखिन निशान यति बेला स्वदेश विदेशका लाखौको मनमा अट्न सफल भएका छन् |

निशान भटट्राइ जिताउ अभियान समर्थक कमला खनालले आफ्नो फेसबुकमार्फत निशान भट्टराई गृहनगर फर्कने खवर सार्वजानिक गर्नुभएको छ ।
उनले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेख्नु भएको छ |

निशान भाइ मंगलबार बिहान पहिलाे फ्लाइटमा बिराटनगर अाउँदै छन् । सबैलाई जानकारी गराउन चाहन्छु । सम्भव हुने र पायक पर्नेहरुले समय मिलाउनु हुन समेत अनुराेध गर्दछाैँ । हाम्राे रुट विराटनगर, इटहरी, धरान, विराटचाेक, पथरी, उर्लाबारी, दमक हुँदै समयकाे पावन्दीलाई हेरेर बिर्तामाेडसम्म हुन सक्छ ।

यस अर्थमा निशानले भोली बिराटनगर, धरान, बेलवारी, बिराटचोक, उर्लाबारी हुदै दमक र समय अनुकुल भए बिर्तामोडसम्म पुग्ने जनाईएको छ ।

The post नेपाल आइडलका दावेदार वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी निशान भट्टराई आफ्नो गृहनगर फर्कदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.