नेपाल आइडलका चर्चित प्रतिस्पर्धी प्रताप दासकी दिदीको चिठी सामाजिक संजालमा भाइरल, भाई प्रतापको विषयमा खोलीन् यस्तो रहस्य

काठमाडौं, १७ भदौ । नेपाल आइडलका प्रतिस्पर्धी प्रताप दासलाई उनी दिदीले मन छुने चिठी पठाएकी छन् । उनकी दिदी पवित्रा दासले नेपाल आइडलमा खाडीमा पसिना बगाउने देखि स्वदेशका शुभचिन्तकसम्मले सहयोग गरेको भन्दै पसिनाको मान राख्न भनेकी छन् । उनले नेपाल आइडल प्रतापको मात्रै सपना नभएको र सहयोग गर्ने सबैको भएको बताएकी छन् ।

के लेखेकी छिन् प्रतापकी दिदीले ?

भाई प्रताप, सानो हुँदा तिमी चकलेट देखाउँदै माग्ने गर्थ्यौ, । दिदी चकलेट । पैसा हुदैनथियो गोजीमा म भोलि भन्थेँ । माटोको भाडाकुटी खेल्दै म भुलाउने गर्थे । तिमी तोते स्वरमा गाउँदै मलाई भोलिको लागि फकाउने गर्थ्यौ ।

भोलि फेरी म अर्को भोलिको बहाना गर्थेँ । रित चल्दै गयो तिमी गाउँदै गयौ । समय कति छिटो बितेछ । तिमी ‘नेपाल आइडल’ जस्तो हाम्रो कल्पना भन्दा धेरै ठुलो मन्चमा पुगेछौ । सम्भव हुने थिएन यदि खाडीमा बेल्चा र गैती हान्दै रगतको पसिना बगाउने आदरणीय दाजुभाइ दिदी बहिनीको माया आशिर्वाद नभएको भए । विदेशी भुमिमा रगत बगाउने तिम्रा शुभचिन्तकको माया र आशिर्वाद नभएको भए । सम्भव हुने थिएन स्वदेशमा परिवार आफन्त साथीभाई, दाजुभाई दिदी बहिनी र सम्पूर्ण शुभचिन्तकको माया आशिर्वाद नभएको भए ।

भाई तिमीले त्यो पसिनाको मान राख्नु पर्छ । त्यो आशिर्वाद मायाको मान राख्नु पर्छ । तिम्रो लागि दिनरात नभनी खट्ने सबैको मान राख्नुपर्छ । अब नेपाल आइडल तिम्रो मात्र सपना रहेन । यो सपना त्यो पसिनाको हो । त्यो खुनको हो । अनि त्यो मायाको हो । त्यो आशिर्वादको हो । तिमी आइडल बन्नु पर्छ । बस तिमी आइडल बन्नु पर्छ । तत्पश्चात म तिम्रो चकलेट को डिमाण्ड भोलि होइन आजै पुरा गर्नेछु ल । मलाई माफ गर त्यो बचपनको ‘भोलि वाला’ चकलेटका लागि !

दिदी
पवित्रा दास

The post नेपाल आइडलका चर्चित प्रतिस्पर्धी प्रताप दासकी दिदीको चिठी सामाजिक संजालमा भाइरल, भाई प्रतापको विषयमा खोलीन् यस्तो रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.