काठमाडौँ। नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जन जति दर्शक कार्यक्रम स्थलमै फेन्ट भएका छन्।
काठमाडौँको टुँडिखेलमा आयोजित उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन्। फेन्ट भएपछि उनीहरुलाई प्रहरीले खुल्ला स्थानमा ल्याई सहयोग गरेका थिए। कार्यक्रम स्थलमा दर्शकले निकै खचाखच भरिएको थियो। जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो। जहाँ साना बालबालिका देखि वृद्ध सम्मको उपस्थिती थियो। साथै उक्त भीडमा समस्यामा परेका बालबालिकालाई पनि खुल्ला स्थानमा सारिएको थियो। हेर्नुहोस भिडियो …
dcnepal
The post नेपाल आइडलको कन्सर्ट हेर्न आएका आधा दर्जन दर्शक फेन्ट हेर्नुहोस भिडियो…. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.