६१ वर्ष लागे भुवन केसी, केटी काण्डमा पिटाई खानेदेखि वेटरले लखेट्नेसम्म भयो

काठमाडौं, असोज १ – अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आज (आइतबार) ६० औं जन्मदिन मनाउँदैछन् । ‘जुनी’ मार्फत सिनेमामा ब्रेक लिएका उनी हुन नसकेका गायक हुन् । खासमा उनी नायक बन्नुभन्दा पहिले गायक बन्न चाहेका थिए । उनले यहि क्रममा रेडियो नेपालमा ‘जागे सारा रात’ बोलको गीत पनि रेकर्ड गराएका थिए । तर उनलाई गायकीमा भन्दा पनि नायकको रुपमा अघि बढ्ने अवसर प्राप्त भयो । उनले पहिलो सिनेमाबाट राम्रो छाप छाडे । पहिलो सिनेमाको काम देखेर उनलाई लगातार सिनेमाको अफर आउन थाल्यो ।

उनले सिनेमामा काम पनि गरे । हेर्दा हेर्दै गायक बन्ने उद्देश्य बोकेका भुवन केसी आफैलाई दङग्याउँदै सफल नायक बने । भुवनले नेपाली सिनेमा क्षेत्रमा झण्डै चार दशक बिताएका छन् । उनले सिनेमामा पाएको सफलतासँगै एउटा उपनाम पनि पाएका छन् । यो नाम उनको सफल सिनेमा ‘नेपाली बाबु’ले दिएको हो । उनलाई ‘नेपाली बाबु’पछि धेरैले ‘नेपाली बाबु’ भन्ने गरेका छन् । भुवनका कुसुमे रुमाल, साइनो, चिनो, नेपाली बाबु, सुपरस्टार, दक्षिण, सौता, करोडपति लगायतका सिनेमाहरु सफल रहे ।
वैवाहिक जीवन

व्यावसायिक कामसँगै व्यक्तिगत कुराले चर्चामा आउने भुवन केसी पछिल्लो समयमा आफ्नो कामले भन्दा पनि छोराको कारणले चर्चामा आउने गरेका छन् । भुवन बहुविवाह गर्ने नायकको अग्रपंक्तिमा पर्छन् । पहिलो पटक विजया केसीसँग मागी विवाह गरेका भुवनले सिनेमामा लागेपछि भने घरकी श्रीमती छाडेर बाहिरी केटीसँग हिमचिम बढाउन थाले ।

यहि क्रममा उनको भेट दार्जिलिङ निवासी शुष्मिता बम्जनसँग भयो । शुष्मितासँग उनी नजिक भए । उनको मायामा परेर अन्ततः उनले विवाह पनि गरिछाडे । पहिलो पटिक मागी विवाह गरेका भुवनले दोस्रो पटक प्रेम विवाह गरे ।

विवाह पछि शुष्मिताले सिनेमामा काम गरिन् । उनी पहिलो सिनेमाबाटै हिट भइन् । शुष्मिताले सिनेमा ‘करोडपति’बाट सिने नगरीमा डेब्यु गरेकी हुन् । भुवनसँगको विवाह पछि शुष्मिताले छोरा अनमोललाई जन्म दिइन् । शुष्मिताको व्यावसायिक जीवन राम्रो गतीमा अघि बढेको बेला भुवनसँग भने ठाकठुक पर्न सुरु भयो । बिस्तारै दुईको सम्बन्ध बिग्रिँदै गयो । अन्ततः उनीहरु कानुनी रुपमै अलग भए ।

भुवन केसी पहिलो विवाहबाट एक छोरा र एक छोरीका बुवा बनेका छन् । हाल उनका छोरा छोरी र श्रीमती अमेरिकामा बस्दै आएका छन् ।

भुवन केसीले जिन्दगीमा दुई पटक विवाह गरे पनि अहिले एक्लै छन् । हाल उनी अभिनेत्री जिया केसीसँग बस्दै आएको हल्ला भने कायमै छ । उनी जियासँग केही सार्वजनिक ठाउँहरुमा समेत देखा पर्दै आएका छन् । केही दिन अघि मात्रै उनी सिनेमा ‘कृ’को छायाकंन स्थलमा जिया केसीसँग सार्वजनिक भएका थिए । उनी आफैले सामाजिक सञ्जालमार्फत जिया र सिनेमाका कलाकारहरुसँगको तस्बिर सेयर गरेका थिए ।
केटी घुमाउन सिपालु भुवन

उमेरको हिसाब गर्ने हो भने भुवन ६१ वर्ष लागेका छन् । अहिले जियासँग बस्दै आएका भुवन त्यसअघि शर्मिला डंगोलसँग नाम जोडिएर खुबै चर्चामा आए । दोस्रो श्रीमती शुष्मितासँग सम्बन्ध बिच्छेद गरेपछि भुवनको नाम शर्मिलासग जोडिएको थियो ।

उनले शर्मिलासँग धुलिखेल र नगरकोट घुम्न गएको कुराले बजार तताएको थियो । भुवन केसीसँग नाम जोडिएर समाचारहरु आएपछि शर्मिलाका श्रीमानले भुवन केसीलाई पिटेको खबर पनि थियो । त्यस बखत त रेस्टुरेण्टमा जाँदा वेटरले भुवनलाई लखटेको हल्ला पनि चलेको थियो । gufgaff

The post ६१ वर्ष लागे भुवन केसी, केटी काण्डमा पिटाई खानेदेखि वेटरले लखेट्नेसम्म भयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.