६ जना बडिगार्डसहित हलमा पुग्दा साम्राज्ञी र सलिनको यस्तो क्रेज भिडियोसहित

शुक्रबारदेखि देशभरका करिब ९० पर्दामा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’ले आक्रामक व्यापार गरेको छ । शुक्रबार बम्पर ओपनिङ गरेको यो चलचित्रले शनिबार झनै आक्रामक व्यापार गर्यो । शनिबार देशभरकै हलमा चलचित्रले आक्रामक कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । उनका अनुसार शनिबारको व्यापार नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड हुनेछ । झरना थापा निर्देशित यो चलचित्रलाइ सुनिल कुमार थापाले निर्माण गरेका हुन् । आज दिनभर नै चलचित्रका कलाकार काठमाण्डौका विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको अष्टनारायण हलमा दिनभर नै चलचित्रले बम्पर व्यापार गर्यो । अष्टको बिहानी र ११ बजेको शोमा शोमा ३, २ र ५ बजेको शोमा ४ वटा पर्दा हाउसफूल रह्यो । भिडियोमा हेर्नुहोस् साम्राज्ञी र सलिनको यस्तो क्रेज

अष्टनारायण हलमा दर्शकको भिडमा घेरिएका चलचित्रका मुख्य कलाकारलाइ सुरक्षा दिन बडिगार्डलाइ नै धौ–धौ परेको थियो ।यस्तै, काठमाण्डौको गोपिकृष्ण हलमा दिनभर नै ५ वटा पर्दा हाउसफूल रहेको थियो । गोपिकृष्ण हलमा चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँलाइ दर्शकले उचालेर माया व्यक्त गरेका थिए ।

बिहानैदेखि ६ जना बडिगार्डसहित चलचित्रको यूनिट विभिन्न हलमा पुगेको थियो । ६ जना बडिगार्डको सुरक्षा घेरामा चलचित्रकी निर्देशक झरना थापा, नायिका साम्राज्ञी, नायक सलिनमान, सलोन बस्नेत विभिन्न हलमा पुगे । मल्टिप्लेक्सदेखि सिंगल हलमा चलचित्रले बम्पर व्यापार गरेको छ । काठमाण्डौ बाहिरका सबै हलमा चलचित्रले रेकर्ड ब्रेकको कारोवार गरेको वितरक केदार पराजुलीले बताए ।

आज दिनभर नै क्यूफएक्सका ४ वटा हलमा १७ शो नै हाउसफूल रहेको थियो । काठमाण्डौको बीएसआर, क्यूज हल, एफ क्यूव हलमा चलचित्रका कलाकार पुग्दा दर्शकको सेल्फी क्रेज देखियो ।
सामं्राज्ञी र सलिनलाइ आफ्नै अगाडि देख्दा दर्शक निकै खुशी देखिएका थिए । काठमाण्डौका वीएसआर, एफक्यूव, राइजिङ, कुमारी हलमा पुगेर दर्शकसँग कलाकारले साक्षात्कार गरेका थिए ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दर्शकको यो मायाले आफूलाइ चलचित्रमा अझै मिहिनेत गरेर अगाडि बढ्ने हौसला मिलेको बताइन् । नायक सलिनमान बनियाँले डेब्यू चलचित्रबाट नै दर्शकले दिनुभएको मायालाइ आत्मसात गर्दै अगाडि बढ्ने बताए । यस्तै, अर्का नायक सलोन बस्नेतले पनि यो मायाले आफू अत्यन्त उत्साहित भएको बताए ।

नायिका झरना थापाले आफूलाइ नायिका हुँदा दर्शकले दिनुभएको माया निर्देशक हुँदा पनि दिनुभएको भन्दै अझै स्तरिय चलचित्र निर्देशन गर्ने जानकारी दिइन् । निर्माता सुनिलकुमार थापाले आफूले जीवनमा पहिलो पटक यति धेरै दर्शक हलमा देखेको बताए ।

चलचित्रले आज देशभरका हलमा बम्पर कारोबार गर्ने वितरक गोविन्द शाहीले बताएका छन् । पछिल्लो समय नेपाली चलचित्रले आक्रामक व्यापार गर्दा चलचित्र क्षेत्र नै उत्साहित भएको छ । ‘म यस्तो गीत गाउँछु, प्रेमगीत २’ पछि लभस्टोरी कथामा बनेको चलचित्र ‘ए मेरो हजुर २’ले बम्पर व्यापार गरेको छ । आइतबार नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिएकाले पनि यसको प्रत्यक्ष फाइदा चलचित्रलाइ हुने पक्का छ । source:onlinekhabar

The post ६ जना बडिगार्डसहित हलमा पुग्दा साम्राज्ञी र सलिनको यस्तो क्रेज भिडियोसहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.