त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाको गुप्ताङ्गमा फेला पर्‍यो कसैले नसोचेको पदार्थ

६ असोज,काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कतार एयरलाइन्सको उडान मार्फत कतार हुँदै टर्की जान लागेकी टर्किस नागरिक राहदानी नम्बर यु१३९६३८०८ बाहक २४ वर्षीया सुसोए सिलेन र अर्का टर्किस नागरिक राहदानी नम्बर यु१३९६४८७० बाहक २९ वर्षीय इरगुने केमल रहेका छन् ।

चेकजाँचको क्रममा निज सिलेनले लगाएको ब्राभित्र सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस ४८.५ ग्राम र उनले लगाएको पेन्टीभित्र गुप्तांगको भागमा पातलो सेतो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस २५३.५ ग्राम गरी जम्मा ३ सय २ ग्राम चरेश बरामद भएको थियो ।

त्यसपछि प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा केमल समेतले सँगै खरिद गरेको भनी खुलाएकीले विमानस्थल प्रस्थान कक्षभित्रको अन्तिम गन्तव्य कक्षमा फेला पारी केमललाई समेत प्रहरीले पक्राउ गरेको हो ।

केमलले स्टेरलाईज्ड क्षेत्रभित्र रहेको फोहर फाल्ने डस्टबिनमा चरेश फालेको खुलाएपश्चात मंगलबार फोहर फाल्ने डस्टबिनबाट सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागू औषध चरेस १ सय ५९ ग्राम बरामद भएको छ ।

The post त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाको गुप्ताङ्गमा फेला पर्‍यो कसैले नसोचेको पदार्थ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.