नेपाल आइडलको भोट नगन्न र सक्कल फाइल देखाउन अदालतको आदेश

काठमाडौं, भदौ २१ – अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले भोटिङलगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको हो ।

अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङलगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । भोटि गन्ने काम एकपक्षीय रुपमा भएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुभएको थियो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालाशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन भनेको हो । अब आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने छ ।

विभिन्न समय विवादमा तानिएको नेपाल आइडलले बुधबार फेसबुकमार्फत केही गुनासा भए सभ्य भाषामा व्यक्त गर्न तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय कार्यक्रम बन्द गराएर विदेशी परनिर्भताका लागि समाज बिगार्नेबाट जोगिन आग्रह गरेको थियो ujyaaloonline

The post नेपाल आइडलको भोट नगन्न र सक्कल फाइल देखाउन अदालतको आदेश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.