२६ वर्षिय मेयरकी उम्मेदवार अर्चना भन्छिन्, ‘छोरी सम्झेर भोट दिनुस, बुवा सरह सेवा गर्ने छु’

-अखिलेश यादव, राैतहट ।
असोज दुई गतेको स्थानीय तहको निर्वाचनको चहलपहल यतिबेला तराईका जिल्लामा निकै बढेको छ । पहिलो र दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको राजपाले पनि यो निर्वाचनमा सहभागिता जनाएपछि अझ यो चुनावलाई महत्वका साथ हेरिएको छ । यति मात्रै होईन केन्द्रमा प्रमुख प्रतिपक्षमा रहेको नेकपा एममालेलाई मधेस केन्द्रित दलहरुले दिईरहँदा देशभरी एमालेको पक्षमा देखिएको जनमतले पनि अझ दुई नम्बर प्रदेशमा निर्वाचनलाई खास भनिएको छ । एमाले आफु चोखो बन्न खोज्दै छ भने अन्य दलपनि चुनावी प्रचार प्रसार सँगै आरोप्रत्यारोपमा व्यस्त देखिन्छन् ।

मधेस आन्दोलनका बेला निकै चर्चामा रहेको रौतहट जिल्लामा पनि चुनावको माहोल तातेको छ । त्यसैमाथी गौर नगरपालिका भने आन्दोलन ताका निकै चर्चामा रह्यो ।

मधेसी विरोधी भनिएको दल एमालेका वरिष्ठ नेता माधव नेपालको क्षेत्र र मधेस केन्द्रित दलहरुको वर्चस्व रहेको गौर नगरपालिकाको मेयरमा अहिले अर्चना यादवको चर्चा देखिएको छ ।

पहिलो चरणको चुनावमा साझा विवेकशिल दलका मेयरका उम्मेदवाहरु जस्तै गौरको मेयरमा पनि नेपाल लोकतान्त्रिक फोरमकी उम्मेदवार अर्चनाको चर्चा एकाएक बढेको त्यसक्षेत्रका स्थानीय बताउँछन् ।

२६ वर्षिय अर्चना आफैमा प्रखर र मिठो भाषण शैलीकै कारण छोटो समय मै आफ्नो छाप छोड्न सफल भएकी छिन् ।
अर्चना यादव

राजनीति र भाषण गर्ने उमेर भएकाले मात्र गर्न सक्छ्न युवालाई राजनीति र भाषण गर्न आउदैन भन्नेहरुका लागि यी दुईको भाषण गर्ने शैली र क्षमताले दरो झापड हानिरहेको छ ।

रौतहटको गौर नगरपालिका ८ घर भई गौरमै शिक्षण पेशा अङगालेकी अर्चना घर परिवारकै सहमतिमा पेशालाई निरन्तरता दिई राजनीतिमा होमिएकी हुन् । सफल नेतृ वन्न चाहने अर्चना अहिले स्थानीय तहमा निकै चर्चित छिन ।

उनी भन्छिन नेपाल लोक्तान्त्रिक पार्टि सबैको साझा पार्टी हो कुनै जाति क्षेत्र समुदाय र धर्म विशेषको पार्टी होइन यसले कसैलाई अझै सम्म निशेध गरेको छैन केही विपक्ष पार्टीले लोक्तान्त्रिकले बहुमत ल्याउछ कि भन्ने डरले म प्रति बिभिन्न भ्रम छरेर आफ्नो स्वार्थ पूर्ति गरिरहेका छन् अर्चनाले भनिन ।

अर्चना आफूले र आफनो प्यानललाई गौर नगरपालिकामा जिताउनेमा उनी ढुक्क छिन् । आफ्नो पक्षमा मतदान गराउन घरदैलोमा व्यक्त रहेकी अर्चना शब्द भन्छिन, “बुवा छोरी सम्झेर भोट दिनुस, बुवा सरह सेवा गर्ने छु ” ।sankhuwasavaonline

The post २६ वर्षिय मेयरकी उम्मेदवार अर्चना भन्छिन्, ‘छोरी सम्झेर भोट दिनुस, बुवा सरह सेवा गर्ने छु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.