पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर

हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिलाले आफ्नो ब्लगमा आफ्ना पाँच महिनाको बच्चाको फोटो सेयर गरेर मानिसहरुलाई भावुक बनाइदिएकी छिन् ।

३० वर्षीया एलेक्स फ्रेट्जले १९ हप्तामा आफ्नो तेस्रो बच्चालाई जन्म दिएकी थिइन् । उनले आफ्नो छोराको नाम वाल्टर जाशुआ फ्रेट्ज राखेकी थिइन् । जन्मको केही समयपछि नै वाल्टरको मृत्यु भएको थियो । एलेक्सले आफ्नो ब्लगमा आफ्नो छोराको कथा फोटोसहित सेयर गरेकी थिइन् । त्यसलाई पछि लाखौं मानिसहरुले सेयर गरेका थिए । १९ हप्तामा नै उनलाई प्रसव पीडा सुरु भयो । जब उनलाई अस्पताल पुर्याइयो तब डाक्टरले शल्यक्रिया गरेर वाल्टरलाई बाहिर निकाले । समयभन्दा निकै अघि जन्मिएका वाल्टर निकै साना थिए । साथै उनको छाला यति पारदर्शी थियो कि उनको धड्किरहेको मुटु स्पष्ट देख्न सकिन्थ्यो ।

एकै छिनमात्र जिउँदोः

वाल्टर यो संसारमा आएलगत्तै डाक्टरले उनलाई एलेक्सलाई दिए । त्यसपछि डाक्टर त्यहाँबाट गए । उनीहरु परिवारले आफ्नो नीजि समय बिताओस् भन्ने चाहन्थे किनभने बच्चासँग धेरै समय थिएन । उनका बुवाले पनि चाँडै नै छोरालाई आफ्नो हातमा राखे । वाल्टरकी दिदीले पनि आफ्नो भाइसँग केही समय बिताइन् ।

The post पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.