२१ करोडको राँगोः जसले दिनहुँ रक्सी पिउँछ, वार्षिक ९० लाख कमाउँछ

फरिदाबाद। भारतको फरिदाबाद सुरजकुण्डमा भइरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको ‘सुल्तान’ नामको राँगोले सबैको ध्यान तानेको छ । यो राँगोका विचित्रका सोखका कारण आकर्षणको केन्द्र बनेको हो ।

क्याथलको बुढाखेवा नामको गाउँका नरेश बैनीवालले पालेको यो राँगो अहिले ८ वर्ष ४ महिनाको भयो । सुल्तान नाम भएको यो राँगोको डाइट र सोखले अहिले सबैलाई अचम्मित लुल्याएको हो । यो राँगोले साँझ खाना खानुभन्दा पहिले १०० मिलिग्राम ‘स्कच’ पिउँछ । मंगलबार ड्राइ डे भएकोले त्यो दिन भने रक्सी पिउँदैन ।

स्कचको ब्राण्ड पनि बारअनुसार फरक फरक हुन्छ । आइतबार टिचर्स। सोमबार ब्ल्याक डग, बुधबार १०० पाइपर, बिहीबार भ्यालेन्टाइन, शुक्रबार ब्ल्याक लेबल र शनिबार शिवास रिगल ब्राण्डका स्कच पिउँछ । नरेशले सुल्तानलाई पाँच वर्ष पहिले रोहतकबाट २ लाख ४० हजार भारुमा किनेका थिए ।

यो राँगोले वर्षमा ३० हजार डोज वीर्य दिन्छ । एक डोजको ३ सयको हिसाबले वर्षमा यसले ९० लाख कमाउँछ । सुल्तान २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगिताको विजेता पनि हो । राजस्थानमा भएको एक मेलामा एक पशु प्रेमीले सुल्तानका लागि २१ करोड मूल्य दिएका थिए । तर, नरेशले सुल्तान आफ्नो छोरा भएको र छोराको कुनै मूल्य नहुने भन्दै अस्वीकार गरेका थिए ।dcnepal

The post २१ करोडको राँगोः जसले दिनहुँ रक्सी पिउँछ, वार्षिक ९० लाख कमाउँछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.