इटहरी ब्लु फिल्म देखाएर बाबुले आफ्नै ११ बर्षीय छोरीको बलात्कार

इटहरी । इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन ।

छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।

बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन ।

“दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन् ।

छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताएका छन् । बालिकाको स्वास्थ्य परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए । source:tattatokhabar

The post इटहरी ब्लु फिल्म देखाएर बाबुले आफ्नै ११ बर्षीय छोरीको बलात्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.