शोकाकुल गाउँः एकैसाथ उठे एकैगाउँ मा १९ लाश, जहाँ मृत्यु भएको थियो त्यहीँ अन्तिम संस्कार

एकै गाउँका एकैसाथ १९ वटा लाश उठ्दा सिंगो गाउँ शोकमग्न । एउटै गाउँमा १९ जनाको मृत्यु भएपछि सबै लाश एकसाथ लिएर श्मसानघाट लगियो । यी १९ जनको यही श्मसानघाटमै मृत्यु भएको थियो । सबैको मृत्यु भएकै ठाउँमा अन्तिम संस्कार गरियो ।

आज बिहान भारतको बिहारको बागपत जिल्लाको कोठी गाउँमा देखिएको दृश्य हो यो । यहाँको कुनै घरमा पनि चुलो बलेन । जुन नदीमा डुबेर सबैको मृत्यु भएको थियो त्यही नदीमा सबैको अन्तिम सँस्कार गरिएको थियो ।

हिजो यमुना नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा यहाँका १९ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सबै काठा गाउँका हुन् । यहाँका जनता धेरैजसो यमुना नदी पार गरेरै काममा जान्छन् । नदी पार गर्नको लागि डुंगाको सहारा लिने गर्छन् ।

गाउँबाट २–३ किलोमिटर टाढा पुल पनि छ । तर गाउँलेका लागि यो बाटो निकै लामो हुने हुँदा उनीहरु डुंगामै निर्भर छन् । बिहीबार पनि यस्तै भएको थियो । डुंगाको क्षमता कम भए पनि डुंगामा धेरै जना व्यक्ति बसेका थिए । जसका कारण नदीको बीचमा पुग्नासाथ डुंगा हल्लियो र पूरै पल्टियो ।

The post शोकाकुल गाउँः एकैसाथ उठे एकैगाउँ मा १९ लाश, जहाँ मृत्यु भएको थियो त्यहीँ अन्तिम संस्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.