उत्तर कोरियामा आणविक परीक्षणको सफलताको उत्सव, खुसी साट्न नपाउँदै गयो पहिरो

प्योङ्याङ्, २२ भदौ । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापनगर्दै सो उत्सव मनाएको बताइएको छ ।

उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ । उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षणको सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् ।

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो । बिहीबार बिहानै दशौँहजार नागरिक प्योङ्याङ्को किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरुले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए ।

उनीहरुले उत्तर कोरियाली नेताको जय जयकार र उहाँको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरुले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षणगर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

तर पनि यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ– उत्तर कोरियाले यसअघि गरेको पाचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरु चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाइएको छ ।

बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ । बिहीबारको उक्त खुसियाली ¥यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पु¥याउन नसक्ने बताएका थिए ।

उनीहरुले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविश्य रहनेजस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए । उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उनीहरुले संसारलाई सन्देश दिइरहेका थिए ।

उत्तर कोरियाको यो पछिल्लो पटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ । यता उत्सव मनाइ रहेको उत्तर कोरियाले आणविक परीक्षण गरेको स्थानमा भने पहिरो गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार त्यस स्थानमा ठुलो पहिरो गएको छ । भूउपग्रहबाट खिचिएको पहिरो गएको केहि तस्विर सार्वजनिक भएको छ ।medianp

The post उत्तर कोरियामा आणविक परीक्षणको सफलताको उत्सव, खुसी साट्न नपाउँदै गयो पहिरो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.