हस्तमैथुन कति गर्ने ? कसरी गर्ने ? थाहा पाइराख्नुहोस् पुरा पढ्नुहोस

एजेन्सी, साउन ८
उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ । असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पुर्याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।

वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई बाहिर नल्याएसम्म हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो । तर, अहिले हस्तमैथुनसम्बन्धी विभिन्न भ्रम निवारण भइसकेका छन् ।

हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । आफु भित्र जाग्न आटेको यौन चाहनालाई गलत तरिकामा हुन नदिनलाई हस्तमैथुन गर्नुपर्ने हुन्छ । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।

झट्ट हेर्दा अत्यधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा यौनव्यवहारजस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले महिनावारीको बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।

The post हस्तमैथुन कति गर्ने ? कसरी गर्ने ? थाहा पाइराख्नुहोस् पुरा पढ्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.