पुरुषले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले किन नमिल्ने भन्दै यस्तो गरियो

काठमाडौं । प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेले गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा आफ्नो पुरानै मागलाई पुनः दोहोर्‍याएको छ । पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले यो वर्ष पनि दोहोर्‍याए ।

नेभाडास्थित गो टपलेस संस्थाले आयोजना गर्ने यो प्रदर्शनको उद्देश्य अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प यो नीतिप्रति लचिलो हुन् भन्ने पनि थियो । न्युयोर्क सहरले सन् १९९२ मै महिलालाई छाती खुला गरेर हिँड्न मिल्ने अधिकार दिइसकेको छ भने अमेरिकाका धेरै सहरले महिलालाई पनि पुरुषले जस्तै छाती खुला गरेर हिँड्ने अधिकार दिइसकेका छन्, यद्यपि उथाह, टेनिसी र इन्डियाना राज्यमा त्यस्तो कार्य प्रतिबन्धित नै छ ।

महिला अधिकारवादीहरूको यो सञ्जालले अमेरिकाका अरू २९ वटा सहरमा समेत प्रदर्शन गरेको थियो भने यसपटक क्यानाडाको मन्ट्रिअल तथा फ्रान्सको पेरिसमा समेत यस्तै प्रदर्शन भएको बताइएको छ ।

The post पुरुषले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले किन नमिल्ने भन्दै यस्तो गरियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.