काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्तले १२ वर्षपछि पिताको अन्तिम इच्छा पुरा गरेका छन्। उनी बुधबार वाराणसी पुगेर पिता सुनील दत्त र माता नरगिस दत्तको श्राद्ध गरेका छन्। उनी खास त चलचित्र भूमिको प्रमोशनका लागि त्यहाँ पुगेका थिए।
भारतीय सञ्चार माध्यमका अनुसार सञ्जय चार्टर विमान मार्फत वाराणासी पुगेका थिए। त्यहाँ उनले रानी घाटमा पुगेर माता पितालाई पिण्डदान गरेका थिए। उक्त क्रममा उनले भने, ‘म अस्पतालमा थिए । त्यसबेला पिताले मलाई मेरो श्राद्ध काशीमा गरियोस् भन्ने इच्छा देखाउनु भएको थियो।’
वाराणसीलाई ऐतिहासिक रुपमा काशीको नाम दिइने गरिन्छ। सुनील दत्त कुनै बेला एक चर्चित अभिनेता थिए।
The post बलिउड अभिनेता सञ्जय दत्तले पुरा गरे १२ वर्षपछि पिताको अन्तिम इच्छा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.