पौराणिक कालमा धर्मग्रन्थ र वेदमा यौनिक क्रियाकलाप सम्बन्धी यस्ता अनौठा कुरा लेखिइको रहेछ ।

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् ।

यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई थाहा नहुन सक्छ ।

हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको उल्लेख छ ।

त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा गरिएको छ ।

अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीत सिंहको बारेमा चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पर्थ्यो ।

बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । यो खेलमा संभ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।

ऋषि बसिष्ठकी छोरी शतरुपमाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ । बसिष्ठले पनि छोरीसँग यौन सम्बन्ध राख्थे ।

धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।

महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ ।

महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छ पुरा गर्नका लागि उसँग रात विताउन धर्म विपरित नहुने भनेको प्रसंग छ ।

ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीकोबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । जव यमले बहिनीको इच्छा पुरा गर्न अनिच्छा देखाउँछन् त्यतिबेला यमीले आफ्नी बहिनीको इच्छा पुरा गर्न नसक्ने भाइको कुनै उपादेयता नरहेको भनेकी छिन् । यो चर्चा ऋग्वेदको मंडल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ ।

महाभारतमा भनिएको छ कि जव अंगदेशमा कर्णको राज थियो त्यतिबेला महिला र बच्चाहरु यौन सम्बन्ध राख्नका लागि बेचिने गरेको उल्लेख गरिएको छ ।

यी सन्दर्भहरु विभिन्न श्रोतबाट लिइएको हो ।
-everyday khabar

The post पौराणिक कालमा धर्मग्रन्थ र वेदमा यौनिक क्रियाकलाप सम्बन्धी यस्ता अनौठा कुरा लेखिइको रहेछ । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.