फेरी गयो ठुलो भुकम्प

भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ । यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ । अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो ।

उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो । उत्तर कोरियाका नेत किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताएको थियो ।

यो बमलाई मिसाइलमा लगाउन सकिने दाबी गरिएको छ । दक्षिण कोरियाका अनुसार आइतबार बिहान सम्भावित परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परीक्षण स्थल पुनग्ये रीको नजिक रहेको किलजु काउन्टीमा केन्द्र विन्दु भएर गएको हो ।

उत्तर कोरियाले यसअघि गएको वर्षको सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले परमाणु तथा मिसाइल कार्यक्रम गर्दै आएको छ । ujyaaloonline

The post फेरी गयो ठुलो भुकम्प appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.