शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेयो

मेक्सिकोमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या निएटोले बताउनुभएको छ । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ ।

यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको राष्ट्रपति निएटोले बताउनुभएको छ । भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो । भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटिले जनाएको छ । यस्तै चीयापासमा १० तथा ताबास्कोमा तीनजनाको शव भेटिएको कमिटिले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ । ujyaaloonline

The post शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.