राजधानीको बसुन्धरामा दुई वटा कोठा भाडामा लिएर कलेज पढ्ने गुल्मीकी एक युवतीको जब। रहस्य खुल्यो घरबेटी नै चकीत !!

राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे । तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।

मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौनकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दि जारी गरेका हुन् । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौन व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौनव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौन व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौन व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौन व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौनकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ । यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खुला पार्कलाई समेत उनीहरूले यौन अखडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौनकार्यपूर्व लागुऔसध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन । आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनीहरूका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको उनीहरूको भनाई छ ।केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अवैध कार्य गर्न स्थानको रूपमा प्रयोग गदैं आएका यस्ता विद्यार्थीहरूले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए ।

अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको विद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनीहरू निर्धक्क बताउछन् । तर यसरी रात दोगुना दिन चौगुनाका दरले झाँगिदैं आएको यस्तो अवैध कार्यका विषयमा भने प्रहरी प्रशासन स्वंयम विद्यार्थीका अभिभावक अनबिज्ञ छन् ।विशेष गरी अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनीहरूका अभिभावक आआफ्नो जाँगिर वा व्यवापार व्यवसायमा व्यस्तहुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ । टिभी अन्न्पूर्ण अनलाइनबाट

The post राजधानीको बसुन्धरामा दुई वटा कोठा भाडामा लिएर कलेज पढ्ने गुल्मीकी एक युवतीको जब। रहस्य खुल्यो घरबेटी नै चकीत !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.