८,०९,९५१ भोट पाएर पनि नेपाल आइडल बाट बाहिरिय सागर आले …..

काठमाडौं, भदौ २३ – नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट शुक्रबार सागर आले बाहिरिएका छन् ।

विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आइडलको टप ४ सम्म पुग्न सफल भएका सागर फाइनलमा भने पुग्न सकेनन् । दर्शकबाट प्राप्त भोटका आधारमा उनी बाहिरिएका हुन् । अरु प्रतिष्प्रधीको भन्दा कम भोट आएपछि सागरको नेपाल आइडलको यात्रा टुंगिएको हो ।

चितवनको पटिहानी स्थायी घर भएका सागर आले सानैदेखि गीत संगीतमा रुचि राख्दथे । सागरले २०७१ सालमा भरतपुर महानगरपालिकाको पदमपोखरीमा रहेको अमर माविबाट प्रथम श्रेणीमा पास गरेका थिए ।

उनी विद्यालयमा आयोजित सांगीतिक कार्यक्रममा प्राय सहभागी हुन्थे । उनी एक जेहेन्दार र मेधावी विद्यार्थी भएको उनका शिक्षकहरु बताउँछन् । हाल भरतपुरकै सप्तगण्डकी क्याम्पसमा १२ कक्षामा अध्ययनरत सागर नेपाली ताराको टप ४० सम्म पुगेका थिए । नेपाल आइडलसम्म आइपुग्दा सागरले चितवन आइडल, नेपाली ताराको यात्रा गरे ।

गोरखाबाट बसाईँ सरेर चितवन गएको सागरको परिवारको आर्थिक अवस्था कमजोर नै रहेको छ । तर परिवारका सदस्यबाट भने उनले संगीतमा लाग्न हौसला पाएका छन् । उनका दाजु पनि अलिअलि गीत गाउने भएकाले सागरलाई सांगीतिक क्षेत्रमा आउन केही सजिलो भयो ।

विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सागरले दर्शकको मन जित्न सफल भएका छन् । नेपाल आइडलको उपाधि हात नलागे पनि उनको सांगीतिक यात्रा सकिएको छैन । उनी नेपाली गीत संगीत क्षेत्रलाई माथि उठाउन सक्ने क्षमता भएका व्यक्ति मानिन्छन् । गत हप्ता नो एलिमिनेसन डे भएकाले चारै जना सुरक्षित भएका थिए । शुक्रबार सागर बाहिरिएपछि अब प्रताप दास, बुद्ध लामा र निशान भट्टराई बिचमा फाइनलमा प्रतिष्पर्धा हुनेछ ।

सागर नेपाल आइडलको फाइनलमा पुग्न नसके पनि उनले धेरैको मन जितेका छन् । फाइनलमा प्रतिष्प्रर्धीका रुपमा सहभागी नभए पनि उनी सेप्टेम्बर २२ मा कतारमा हुने ग्रान्ड फिनालेमा सहभागी हुनेछन् ।

अडिसनबाटै दर्शक र निर्णायकको मन जित्न सफल सागर आलेले अडिसनमा विभिन्न तीन वटा गीत गाएका थिए । कहिल्यै पनि संगीतको प्रशिक्षण नलिएका उनी अडिसनमा अलिअलि नर्भस देखिन्थे । उनले अडिसनमा ‘आखिर मलाई झुक्याएर अर्कैसँग चली’, ‘सारा खुसी समेटी’ र निर्णायको आग्रहमा ‘सालैज्यु’ बोलको गीत गाएका थिए ।

त्यस्तै नेपाल आइडलको विभिन्न चरणमा आँसु झार्दिन म, हेराइका चालहरुमा, अल्झेछ क्यारे पछ्यौरी, हरपल त्यो तिम्रो मुस्कानलगायतका गीतमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जित्न सफल भएका छन् ।

शुक्रबार अतिथि पाहुनाका रुपमा आएका कवि तथा गीतकार बसन्त चौधरीले पनि सागरलगायत सबै प्रतियोगीको प्रंशसा गरे । त्यस्तै जोनी जेन्टलम्यान चलचित्रका नायक पल शाह र नायिका आँचल शर्माको उपस्थितिले पनि नेपाल आइडलको रौनक बढाएको थियो । सागर र निशानले शुक्रबार सानु म बोलको गीत गाएका थिए । जसलाई बसन्त चौधरीले पनि निकै प्रंशसा गरेका थिए ।

नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल आइडलको विजेता हुँदैमा र यसबाट बाहिरिँदैमा सांगीतिक यात्रा तय हुने होइन । उनीहरुको मुल्यांकन त नेपाल आइडलबाट बाहिर आएपछि हुने खुला प्रतिष्पर्धामा हुनेछ । नेपाल आइडलबाट बाहिरिए पनि सागर आलेले सांगीतिक क्षेत्रमा धेरै गर्न सक्नेछन् । उनलाई सफल सांगीतिक जीवनको शुभकामना !

The post ८,०९,९५१ भोट पाएर पनि नेपाल आइडल बाट बाहिरिय सागर आले ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.