बाबाका कारण एकै परिवारको ५ जना सदस्यले गर्नुपर्यो आत्महत्या, यस्तो छ कारण

जेन्सी। गएको मंगलबार भारतको जयपुरमा आत्महत्या गरेका एकै परिवारका पाँच जनाको मृत्युको पछाडि एक बाबाको हात रहेको तथ्य फेला परेको छ । मृतक परिवारका घरमूली डंगुररामले लेखेको ‘सुसाइड नोट’मा उनले बाबा विश्वम्भरदास दास आफूहरुको मृत्युको कारण भएको बताएका छन् । मंगलबार डंगुररामसहित उनकी पत्नी, २ छोरा र एक छोरीले विष पिएर आत्महत्या गरेका थिए ।

सुसाइड नोडमा लेखिएको छ ‘मसहित मेरो परिवारका पाँच जना आज मर्दैछौं यसको कारण विश्वम्भरदासजी महाराज हुन् । जो जगतपुरामा बस्छन् । मैले अरुसँग पैसा लिएर बाबालाई दिएको थिएँ । ५ वर्ष भयो अहिलेसम्म बाबाले त्यो पैसा फिर्ता दिएका छैनन् । मैले माग्दा आज भोलि भनेर टार्ने गर्छन् । मैले पैसा दिनुपर्नेहरु मेरो पछि परेका छन् । यो कुरा मैले आजसम्म कसैलाई बताएको छैन । यसैकारण हामी बाध्य भएर आज यो कदम उठाउँदैछौं । मसँग अर्को कुनै विकल्प थिएन ।’

अहिले बाबालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बाबाको आश्रमको पति तलाशी लिइएको छ । बाबाले तन्त्रमन्त्रको बहानामा पैसा असुल्ने गरेको बताइएको छ । बाबाको आश्रम १ बिघामा फैलिएको छ जसको मूल्य ४ करोड भारु पर्ने बताइएको छ ।

The post बाबाका कारण एकै परिवारको ५ जना सदस्यले गर्नुपर्यो आत्महत्या, यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.