रातको समयमा भुलेरपनि नगर्नुस् यी ६ काम

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

यदि तपार्इंलाई निद्रा लाग्दैन भने रातको नौ बजेपछि यी गल्ती गर्न हुन्न :

१. हेभी डिनर

 

राति आठ बजेपछि खाना खानु राम्रो हुन्न । त्यसले निद्रा भगाउँछ । यदि तपाईं नौ बजेपछि डिनर गर्न बाध्य हुनुहुन्छ भने सुप, सलाद खानुहोस्, तेलमा पकाइएको वा फ्राई गरिएको खानेकुरा नखानुहोस् ।

 

२. गम्भीर अध्ययन

 

राति सुत्नुअघि पढ्ने बानी धेरैको हुन्छ । त्यसमा पनि केही व्यक्ति त गम्भीर विषयबारे पढ्छन् । तर, अनुसन्धानकर्ताले पत्ता लगाएका छन्, राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नुभन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ ।

 

३. डिनरपछि चिया–कफी

 

क्याफिनको असर सीधै निद्रामा पर्छ । ‘एक्सपर्ट’हरू भन्छन्, साँझ खाना खाइसकेपछि कफी पिउने बानी अत्यन्त नराम्रो हो । त्यसले कैयौँ घन्टासम्म निद्रा लाग्दैन । यदि यस्तो बानी छ भने जतिसक्दो छिटो छोड्नुपर्छ ।

 

४. फिल्म

 

साँझ खाना खाइसकेपछि टिभी हेर्ने वा फिल्म हेर्ने धेरैको बानी हुन्छ । टिभी नहेर्नेहरू ल्यापटप खोलेर इन्टरनेट चलाउन पनि थाल्छन् । यस्तो गर्नु कदापि ठीक हुनै सक्दैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।

 

५. परिवारसँग बहस या लडाइ

 

डिनरपछि परिवारसँग बहस गर्नु पनि सान्दर्भिक होइन । गम्भीर विषयमा साँझमा छलफल पनि गर्न हुन्न भन्ने पनि छ । साँझ खानापछि परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

 

६. इमेल र फोनमा ‘बिजी’

 

घरमा पुगेपछि पनि अधिकांश मानिस इमेल र फोनमा झुन्डिन्छन् । यसले मस्तिष्कलाई ‘रेस्ट’ पुग्दैन । त्यसले गर्दा निद्रा हराउँछ । बरु, सकिन्छ भने सुत्नुभन्दा पहिले २० मिनेट ‘मेडिटेसन’ गर्नु अत्यन्त राम्रो हुन्छ ।

 

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.