एजेन्सी । भारतको हैदरावादबाट पूणेको लागि उडान भर्ने तयारीमा रहेको एलायन्स एयरको नाइन आइ ८६७ को जहाजमा माहुरीको एक झुण्डले अचानक आक्रमण गरेको छ ।
जुलाई २६ का दिन ६५ जना यात्रु बोकेको एलायन्स एयरको नाइन आइ ८६७ को जहाज भारतको हैदरावादबाट पूणेको लागि उडान भर्न लागेको जहाजका पाइलटले विमान उडाउनै लाग्दा एक्कासी माहुरीको झुण्ड रनवेमा देखापर्यो ।
रनवेमा देखिएका माहुरी सीधै जहाजको विन्डस्क्रिनमा आएर टाँसिए । जसका कारण पाइलटले अगाडिको केही पनि देख्न सक्ने अवस्था नै रहेन । जसका कारण उडान नै रोक्नुपर्ने बाध्यता आइलाग्यो ।
जहाजको सिसामा टाँसिएका सबै माहुरी उडेर गएपछि बल्ल जहाजले उड्ने मौका पायो । यो खबरले पछिल्लो समय सामाजिक संजालमा समेत ब्यापक रुप लिइरहेको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.