आपसी बिबादका कारण ८ बर्ष अगाडी छुट्टीएका रेखा र आर्यन लाई फेरी एक साथ नेपाली चलचित्र “रुद्रप्रिया”मा देख्न सकिने भएको छ। कुनै बेला नेपाली सिनेमा मा धेरै नै रुचाइएका कलाकार रेखा र आर्यन चकलेटी जोडीको रुपमा चिनिएका थिए ।
मुख्य भूमिकामा रेखा थापा र आर्यन सिक्देल देखिएको चलचित्र “रुद्रप्रिया” कार्तिक २ गते लक्ष्मीपुजाको दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। रेखा फ्लिम्सको ब्यानरमा तयार भएको चलचित्रको निर्माता भने रेखा थापाकै आमा सरस्वती थापाले गरेकि हुन् ।रमेश एम.के पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशन भने सुदिप भुपाल सिंह हुन् ।आजबाट रिलिज गीतको संगीत तथा शब्द राजन राज सिवाकोटीले गरेका छन भने स्वर मेलिना राई र राजनराज सिवाकोटीले गरेका छन। हेर्नुहोस सो गितको भिडियो
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.