कतारमा बस्ने नेपाली लाई खुशी को खबर अब कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने

साउन २३ – छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासीका लागि स्थायी बसोबासका लागि नयाँ कानुन ल्याएको छ । कुटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो ।

नयाँ कानुन अनुसार अब आप्रवासीले कतारमा स्थायी रुपमा बसोबास गर्न पाउनेछन् । आप्रवासीलाई कतारमा बस्न प्रोत्साहन गर्नका लागि नयाँ बसोबासको नीति ल्याइएको हो । तर सबै आप्रवासीले स्थायी बसोबासका लागि अनुमति पाउने छैनन् । दक्ष आप्रवासीले कतारको आन्तरिक मन्त्रालयमा बसोबासका लागि निवेदन दिनुपर्नेछ ।

नयाँ बसोबासको नियमले कतारका स्थानीय पछि आप्रवासीलाई प्रथामिकता दिएको छ । यो नियमले आप्रवासीलाई पनि कतारको निजामती सेवा, सैन्य र सम्पत्तिको स्वामित्व लिन पाउने व्यवस्था गरेको छ । साथै स्थानीयले जस्तै आप्रवासीले पनि शिक्षा र स्वास्थ्यमा पहुँच पाउने व्यवस्था गरिएको छ ।

कतारमा व्यापार गर्नका लागि स्थानीयसँग सहकार्य नगरी व्यापार गर्ने यो व्यवस्थाले छुट दिएको छ । सामान्यतया कतार, साउदी लगायतका खाडीका देशमा आप्रवासीले व्यापार गर्न र त्यहाँ बस्नका लागि स्थानीयसँग मिलेर लगानी गर्नुपर्ने अनिवार्य नियम छ ।ujyaaloonline.com बाट साभार

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.