रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित ,प्रतिबन्धले अमेरिका र रुसको सम्बन्ध जटिल..

एजेन्सी : रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा भारी बहुमत प्राप्त भएको छ । रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि प्रस्ताव गरिएको विधेयकमाथि कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा मंगलबार भएको मतदानमा ४१९ जना सदस्यले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको बताइएको छ । ३ जनाले मात्रै यस प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

इरान र उत्तर कोरियामा यसअघि पनि अमेरिकाको प्रतिबन्ध कायमा भएपनि रुसमाथि पनि प्रतिबन्ध लगाउन कांग्रेसको तल्लो सदनले भारी मतले स्वीकृति दिएको हो ।अब यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा जाने छ सिनेटले पारित गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्रपति समक्ष जानेछ ।

यो विधेयक पारित भएको खण्डमा अमेरिकाले रुसप्रति गर्दै आएको अहिलेको व्यवहार बदलिनेछ, रुसी संसदका अन्तराष्ट्रिय मामिला कमिटीका ‘लियोनिड स्लत्स्की’ले अमेरिकाले रुसमाथि लगाउने प्रतिबन्धले अमेरिका र रुसको सम्बन्ध जटिल हुने बताएका छन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प इरान र उत्तर कोरियाको आणविक गािविधि रोक्नका लागि रुसको समर्थन जुटाउन लागि परिरहेका थिए । यो विधेयक सिनेटले पास गरेको खण्डमा रुससँग सुमधुर सम्बन्ध कायमा राख्न प्रयासरत ट्रम्पको योजनामा दखल पुग्ने देखिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.